‘कृषि दशकमा कृषि क्रान्ति गर्छौं’ – मन्त्री अधिकारी « Khabarhub

‘कृषि दशकमा कृषि क्रान्ति गर्छौं’ – मन्त्री अधिकारी


२७ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि क्रान्ति गर्न ‘कृषि दशक २०८१—२०९१’ मनाउन लागिएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र र सिमिटको ‘नेपालमा लघु, साना तथा मझौला कृषि उद्यमहरुको स्थिति, अवसर र चुनौती’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा मन्त्री अधिकारीले कृषि क्रान्तिबारे कुरा गरेका हुन् ।

‘सरकारले कृषि क्रान्तिको लागि कृषि दशक २०८१—२०९१ मनाउन लागेको छ,’ मन्त्री अधिकारीले भने, ‘अहिले कृषि क्षेत्रको आयात प्रतिस्थापनको प्रयास गरिहेको छ ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव श्री कृष्ण बहादुर राउतले देशको रोजगारीको सबै भन्दा धेरै हिस्सा ओगटेको लघु, घरेलु तथा साना उद्योगको योगदान प्रशंसनीय रहेको बताए ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले लघु, साना तथा मझौला उद्यमीहरुलाई केन्द्रमा राखेर कार्य गरिरहेको बताए ।

प्रकाशित मिति : २७ भाद्र २०८१, बिहीबार  ६ : ०८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी