साउदी प्रो लिग : अल हिलाललाई उपाधि « Khabarhub

साउदी प्रो लिग : अल हिलाललाई उपाधि


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साउदी प्रो लिगको उपाधि अल हिलालले जितेको छ । शनिबार राति सम्पन्न खेलमा अल हिलालले अल हाजमलाई ४–१ गोल अन्तरले पराजित गर्दै तीन खेल बाँकी छँदै यस सिजनको लिगको उपाधि जितेको हो ।

अल हिलालको जितमा अलेक्जाण्डर मिट्रोभिकले दुई तथा सेर्गेज मिलिन्कोभिकले एक गोल गरेका थिए । यस्तै, एक गोल भने आत्मघाती उपहार स्वरुप प्राप्त भएको थियो । यता, अल हाजमका फैज सेलेमानीले एक गोल फर्काएका थिए ।

यो जितपछि अल हिला अपराजित रहदै ३१ खेलबाट ८९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको अल नासरको समान खेलबाट ७७ अंक छ । पहिलो र दोस्रो टोलीबीचको अन्तर १२ अंक रहेको छ ।

यो अल हिलालको १९औं लिग उपाधि हो । अल हिलाल साउदी लिग सबैभन्दा बढी पटक जित्ने क्लब समेत हो । अल हिलालपछि अल इतिहाद र अल नासरले ९९ पटक लिगको उपाधि जितेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : २५ बजे

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

झापा– झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

झापा– झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन