मतदानपछि खुशी भएका मतदाता । तस्बिरः बिबिसी

अन्तर्राष्ट्रिय

भारतको लोकसभा चुनाव : तेस्रो चरणमा ६५ प्रतिशत मतदान

By खबरहब

May 12, 2024

नयाँ दिल्ली – भारतमा तेस्रो चरणमा ६५ दशमलव ६८ प्रतिशत मतदान भएको छ। भारतीय चुनाव आयोगका अनुसार गत ७ मे मा १२ राज्यको ९४ लोकसभा सिटका लागि ६५ दशमलव ६८ प्रतिशत मतदान भएको हो।

जसमा ६६ दशमलव ९८ प्रतिशत पुरुष, ६४ दशमलव ४१ प्रतिशत महिला र २५ दशमलव २ प्रतिशत तेस्रो लिङ्गीले मतदान गरेका आयोगले जानकारी दिएको छ।

आयोगले चार दिनपछि तेस्रो चरणको मतदानको तथ्याङ्क जारी गरेको हो। पहिलो चरणको तथ्याङ्क ११ दिनमा जारी गरेको आयोगले दोस्रो चरणको सहभागीतालाई चार दिनपछि सार्वजनिक गरेको थियो।

तथ्याङ्क ढिला सार्वजनिक हुँदा कांग्रेससहित विपक्षी दलले प्रश्न उठाएका थिए। पहिलो चरणमा १ सय २ संसदीय सिटमा ६६ दशमलव १४ प्रतिशत, दोस्रो चरणमा ८९  सिटमा ६६ दशमलव ७१ प्रतिशत मतदात भएको थियो।