काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, चार नाबालिग प्रहरीको नियन्त्रणमा « Khabarhub

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, चार नाबालिग प्रहरीको नियन्त्रणमा


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा शनिबार राति एक युवकको हत्या भएको छ ।

मोरङको शनिश्चरे नगरपालिका–९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका–९ पिंगलास्थन, विजयचोकमा डेरा गरी बस्ने २४ वर्षीय शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको हो ।

हत्यामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर हत्याको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए ।

पक्राउ परेका चारै जना नाबालिग रहेको र उनीहरुको नाम गोप्य राखिएको प्रवक्ता रिजालको भनाइ छ । प्रहरीले घटनाबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएको छ ।

हत्या भएका धितालको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ३६ बजे

कांग्रेसको विवाद चर्किँदै : देउवा पक्षले भन्यो, ‘असोज ३ देखि हुने महाधिवेशनमा सहभागी नहुनू’

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद थप

तीज : पशुपतिनाथमा महिला दर्शनार्थीको घुइँचो

काठमाडौं- तीजका अवसरमा आराध्यदेव भगवान् श्री पशुपतिनाथ मन्दिरमा १० बजेपछि

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

गण्डकी- दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज

रास्वपा सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन-जी सहिद परिवारको आपत्ति

काठमाडौं- जेन-जी सहिद परिवारहरुले जेन-जी सहिद प्रथम स्मृति दिवसको कार्यक्रमप्रति

ग्रामीण क्षेत्रमा खानेपानीको पहुँच पुर्‍याउँदै प्रदेश सरकार

काभ्रेपलाञ्चोक- बाग्मती प्रदेश सरकारले जिल्लाका ग्रामीण क्षेत्रमा खानेपानीको पुहँच विस्तार