काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, चार नाबालिग प्रहरीको नियन्त्रणमा « Khabarhub

काठमाडौंको बत्तीसपुतलीमा एक युवकको हत्या, चार नाबालिग प्रहरीको नियन्त्रणमा


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा शनिबार राति एक युवकको हत्या भएको छ ।

मोरङको शनिश्चरे नगरपालिका–९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका–९ पिंगलास्थन, विजयचोकमा डेरा गरी बस्ने २४ वर्षीय शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको हो ।

हत्यामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर हत्याको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए ।

पक्राउ परेका चारै जना नाबालिग रहेको र उनीहरुको नाम गोप्य राखिएको प्रवक्ता रिजालको भनाइ छ । प्रहरीले घटनाबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएको छ ।

हत्या भएका धितालको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगन्जमा राखिएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : ३६ बजे

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके- गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६