भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन « Khabarhub

भेरी करिडोरका निर्माणाधीन पुलको अनुगमन


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले भेरी करिडोरका निर्माणाधीन पुल तथा सडकको निरीक्षण गरेका छन् ।

करडोरका १३ वटा पुल तथा तीन सय १६ किलोमिटर सडकखण्डमध्ये ५६ किलोमिटर क्षेत्रमा भइरहेको कामको जानकारी लिनुका साथै निर्माण व्यवसायीलाई काममा तीव्रता दिन मन्त्री बुढाले निर्देशन दिए ।

उनले निर्माण व्यवसायीलाई ताकेता गरी काममा फर्काउन भेरी करिडोर आयोजनाका प्रमुख सुनिल रञ्जितकारलाई निर्देशन दिएका हुन् ।

निर्माणाधीन तल्लुस्थित पुल लामो समयदेखि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको गुनासो बढिरहेकामा मन्त्री बुढाले मन्त्रालयका सचिव, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई एकै ठाउँमा राखेर छलफल गरे ।

डोल्पाको दुनैबाट उपल्लो डोल्पाको तिन्जे लासिक्यापसम्म सडक निर्माण गर्न ठेक्का लागे पनि काम सन्तोषजनक नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : ५७ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले