भारतको लोकसभा चुनाव : सोमबार कुन राज्यमा कति सिटका लागि हुन्छ मतदान ? « Khabarhub

भारतको लोकसभा चुनाव : सोमबार कुन राज्यमा कति सिटका लागि हुन्छ मतदान ?


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सात चरणमा हुन लागेको भारत लोकसभाको चौथो चरणको मतदान सोमबार हुँदैछ। तीन चरणको चुनाव यसअघि नै भइसकेको छ।

पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ।

पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगको तथ्यांकमा उल्लेख छ।

अप्रिल १९, २६ र मे ७ मा गरेर तीन चरणको चुनाव सकिएको भारतमा अब चार चरणको चुनाव हुन बाँकी छ। चौथो चरणमा १० राज्यका ९६ सिटका लागि सोमबार चुनाव हुन लागेको हो।

चौथो चरणमा भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिर गरेर गरेर १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो।

पाँचौ चरणमा मे २० तारिखमा ८ राज्यको ४९ सिटका लागि मतदान हुँदैछ। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाखका ४९ सिटका लागि पाँचौ चरणको मतदान गर्ने भारतीय चुनाव आयोगको तयारी छ।

छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुनेछ। छैठौं चरणमा बिहार, हरियाणा, झारखंड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटमा मतदान हुन लागेको हो।

अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा हुनेछ। बिहार, हिमाचल, झारखंड, ओडिशा, पंजाब, उत्तर प्रदेश, पश्चिम बंगाल, चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुनेछ।

पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ जुन ४ तारिखदेखि मतगणना सुरु हुनेछ

यो पनि पढ्नुहोस्

भारतको उत्तर पूर्वमा भाजपा नेतृत्वको प्रभाव
उत्तर प्रदेशमा मोदी-योगी लोकप्रियताको जाँच
बिहारी गठबन्धन : के पाक्दैछ छिमेकमा ?
तेस्रो चरणमा ६५ प्रतिशत मतदान
कश्मिरमा भाजपाले चुनाव नलड्ने

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १० : ३५ बजे

राष्ट्रिय सभामा भएको एकतासभामा देखिएनन् बालेन र कुलमान, बृहत् एकतासभाको तयारी हुँदै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एकता सभामा बालेन्द्र साह

यमनका पक्षहरूबीच संवाद सहज बनाउन टर्कीए तयार : राष्ट्रपति एर्दोगान

एजेन्सी– टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले यमनमा द्वन्द्वरत पक्षहरूबीच संवाद

हत्यामा संलग्न भएको आरोपमा चार युवा पक्राउ

ओखलढुङ्गा– जिल्ला प्रहरी कार्यालयले श्रृङ्खलाबद्ध हत्यामा संलग्न भएको आरोपमा चार

जनकल्याण बहुउद्देश्यीय साकोसमा साढे १४ लाख रकम अपचलन, व्यवस्थापक भन्छन्- तिर्न तयार छु

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-८ फेदीमा अवस्थित जनकल्याण बहुउद्देश्यीय

म्यानेजर रुबेन अमोरिमलाई म्यानचेस्टर युनाइटेडले बर्खास्त गर्‍यो

म्यानचेस्टर- चर्चित इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले आफ्ना म्यानेजर रुबेन अमोरिमलाई