भारतको उत्तर पूर्वमा भाजपा नेतृत्वको प्रभाव | Khabarhub Khabarhub

भारतको उत्तर पूर्वमा भाजपा नेतृत्वको प्रभाव


८ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भारतमा चुनावी चर्चा बढ्दै गएको छ। उत्तर पूर्वको लोकसभा निर्वाचनका कुल २५ सिट मध्य आसामको मात्र १४ सिट छ। अन्य भारतीय भूमि भन्दा फरक रहेको उत्तर पूर्वी राज्यमा लोकसभा निर्वाचन तीन चरणमा हुनेछ।

अरुणाञ्चल, आसाम मणिपुर, मेघालय, मिजोरम, नागाल्यान्ड, त्रिपुरा र सिक्किमले अप्रिलको १९ र २६ तथा मेको ७ तारिखका दिन मतदान गर्नेछन्। देशभर भने सात चरणमा मतदान हुनेछ। आसाम त लामो समयदेखि नै भाजपाको प्रभावमा छ। यसपटक पनि भाजपाको जित निश्चित झैँ मानिएको छ। अरुणाञ्चलमा जम्मा दुई सिट छ। यी दुई सिटमा पनि विधान सभा निर्वाचनको परिणामलाई आधार मान्दा भाजपाको जित हुने देखिएको छ।

मणिपुरको विधान सभामा स्थानीय दलको प्रभाव देखिए पनि लोकसभामा त्यस्तो नहुनसक्छ। गत वर्षको मे महिनादेखि त्यहाँ मेइटाइ र कुइकुइ समुदाय बिचको तनाव छ। मेघालय र मेजरमको गरेर कुल तीन सिट छ। ती स्थानमा पनि प्रान्तीय पार्टीको प्रभाव छ। तथापि प्रान्तीय पार्टीको जितमा पनि भाजपाको साथ रहेकाले अहिले पनि भाजपा गठबन्धनको जितको सम्भावना बढी छ।

एक मात्र लोकसभा सिट रहेको नागाल्यान्डमा नेसनल डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (एनडीपीपी)ले भाजपाको सहयोगमा सत्ता चलाइरहेको छ। त्रिपुरामा दुई सिट छ। यी दुई सिटमा भाजपाको प्रभाव छ। एक संसदीय सिट रहेको सिक्किममा सिक्किम क्रान्तिकारी मोर्चाको प्रभाव छ।

आसामको तीन चरणमा निर्वाचन हुँदा मणिपुर र त्रिपुरामा दुई चरणमा गरेर १९ र २६ मा निर्वाचन सम्पन्न हुनेछ। मणिपुर अहिले निर्वाचन भन्दा आपसी जातीय हिंसाका कारण प्रताडित छ।

आसाममा भाजपा नेतृत्वको सरकारले बोहाग बिहु चाड भन्दा अघि निर्वाचन नगर्न अपिल गरे पनि त्यसलाई निर्वाचन आयोगले अस्वीकार गर्दै सो चाड अघि निर्वाचन सुरु भएर चाड सकिएपछि मात्र सकिने गरी तय गरेको छ।

आसामको तीन चरणमा निर्वाचन हुँदा मणिपुर र त्रिपुरामा दुई चरणमा गरेर १९ र २६ मा निर्वाचन सम्पन्न हुनेछ। मणिपुर अहिले निर्वाचन भन्दा आपसी जातीय हिंसाका कारण प्रताडित छ। मणिपुरमा दुई सय १९ जनाको ज्यान गएको छ भने ५० हजार जना विस्थापित भएका छन्।

भाजपा नेतृत्वको एनडीएले बारम्बार पछिल्लो समय भारत विकासको तीव्र गतिमा अघि बढीरहेको तथा संसारको एउटा शक्तिको रूपमा स्थापित भएको प्रचार गरिएको छ।

सन् २०२३ बाट नै भारत संसारको अन्तरिक्ष विज्ञानको एउटा महत्त्वपूर्ण शक्ति भएको दाबी गर्ने एनडीएले नरेन्द्र मोदीकै नेतृत्वमा भारत संसारको एउटा ‘सुपर पावर’को रूपमा स्थापित हुने दाबीसहित गीत नै बनाएको छ।

मणिपुरका मुख्यमन्त्री एन विरेन सिंहले ट्विटरमा गठबन्धन नै पूर्ण शक्ति लगाएर निर्वाचनको क्रममा होमिएको बताउँछन्। त्रिपुरमा पनि भाजपाले चुनावी अभियानमा पिकमा पुगेको बताएको छ।

भाजपा नेतृत्वकै अनुसार हरेक कार्यकर्ता त्यहाँ घरमा पुगेका छन्। उनीहरूले मोदीको हात बलियो बनाएमा भारत संसारकै एउटा प्रमुख शक्ति हुने कुरामा धेरैलाई सहमत गराउँदै हिँड्ने गरेका छन्। त्रिपुरामा पश्चिम र पूर्व गरेर दुई लोकसभा सिट विभाजन गरिएको छ।
त्रिपुराका काँग्रेस प्रमुख आशिषकुमार साह पश्चिमको सिटमा जित हात पार्ने आशावादी रहेको बताउँछन्। उनी भन्छन्, ‘हामी एकदमै आशावादी छौं। त्यहाँका हरेकले हामीलाई राम्रो सद्भाव राखी रहेका छन्।’

भाजपाले पूर्व मुख्य मन्त्री विप्लवकुमार दासलाई पश्चिमी क्षेत्रमा उम्मेदवार बनाएको छ। यसैगरी पूर्वी क्षेत्रमा तीप्रो मोहता पार्टीका संस्थापक किशोर देव बर्माका कृती देश सिंह बर्मालाई उम्मेदवार बनाएको छ।

भाजपाले पूर्व मुख्य मन्त्री विप्लवकुमार दासलाई पश्चिमी क्षेत्रमा उम्मेदवार बनाएको छ। यसैगरी पूर्वी क्षेत्रमा तीप्रो मोहता पार्टीका संस्थापक किशोर देव बर्माका कृती देश सिंह बर्मालाई उम्मेदवार बनाएको छ। काँग्रेसले पश्चिममा आशिष साहलाई नै उम्मेदवार बनाएको छ। पूर्वमा सहमति बाँडफाँड अनुसार सीपीएमलाई समर्थन गरेको छ।

एक सिट रहेको नागाल्यान्डमा १३ लाख १७ हजार ३६ मतदाता छन्। काँग्रेसले नागाल्यान्डमा एस् स्प्रङमेरन जमिरलाई उम्मेदवार बनाएको छ। त्यहाँ सत्तारुढ नेसनल डेमोक्रेटिक पार्टी र भाजपा बिच गठबन्धन छ। पूर्व मुख्यमन्त्री नेयुफुय रावोका सल्लाहकार चुपवन मुरेलाई उम्मेदवार बनाएको छ।

नागाल्यान्ड अहिले पनि विवाद रहित छैन। त्यस प्रान्तमा इस्टर्न नागाल्यान्ड पिपुल्स अर्गनाइजेसन (इएनपीओ)ले पूर्वका ६ जिल्लामा आपतकालको घोषणा गरेको छ। त्यहाँ स्वशासित नागाल्यान्डको माग पनि बढी रहेको छ। यो स्वशासित क्षेत्रको मुद्दालाई बेवास्ता गरेमा कसैलाई पनि चुनावी अभियानमा सक्रिय हुन नदिने घोषणा समेत गरिएको छ। परन्तु निर्वाचन आयोग शान्तसँग निर्वाचन गर्ने कुरामा प्रतिबद्ध छ।

यस पटकको निर्वाचनमा इन्डिया र एनडीएको रूपमा दुई भिन्न गठबन्धन गरेर दल निर्वाचनमा गएपछि उत्तर पूर्व निर्वाचनको कथा भने फरक छ। सन् २०१६ मा काँग्रेसलाई एक्लाएर राजनीति गर्ने प्रचलनको सुरुवात भइसकेको थियो। सो प्रचलन अनुसार उत्तर पूर्वमा भाजपाको नेतृत्वमा नेडाको रूपमा गठबन्धन भएको थियो।

मणिपुरमा भएको हिंसाका कारण विस्थापित भएकाले भिन्न स्थानमा गएर मतदान गर्ने छन्। ३ मेदेखि सुरु भएको हिंसाका कारण विस्थापित भएका अहिले विभिन्न शरणार्थी शिविरमा बसोबास गरिरहेका छन्।

त्यो समयमा भाजपाले त्यहाँका प्रान्तीय दलसँग मिलेर काँग्रेसलाई हराउने नीति लिएको थियो। यस पटकको भारतको निर्वाचनमा ९७ करोड भारतीयले मतदान गर्नेछन्। जुन महिनाको सुरुवातमा यसको सम्पूर्ण परिणाम आइसक्ने छ । यसले भारतको नयाँ दिशा तय हुने छ। अहिले सम्मको सर्वेक्षणले भाजपा नेतृत्वले एनडीएले चार सयको आँकडा पार गर्ने देखाइ सकेको छ। निर्वाचनसम्म त्यही अवस्था रहेमा या त्यसै अनुसार परिणाम आएमा मोदी जहवारलाल नेहरुपछि तीन कार्यकाल देशको नेतृत्व गर्ने प्रधानमन्त्रीको रूपमा नयाँ कीर्तिमान कायम गर्ने छन्।

मणिपुरमा भएको हिंसाका कारण विस्थापित भएकाले भिन्न स्थानमा गएर मतदान गर्ने छन्। ३ मेदेखि सुरु भएको हिंसाका कारण विस्थापित भएका अहिले विभिन्न शरणार्थी शिविरमा बसोबास गरिरहेका छन्। ५० हजार विस्थापित पाँच भ्याली जिल्ला तथा तीन हिल जिल्लामा बसोबास गरिरहेका छन्।

भारत अन्य भूभागमा झैँ उत्तर पूर्वीमा धेरै बहस र विवादको विषय छ। त्यसो त संसारकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतका सांस्कृतिक र भाषिक विविधता त सर्वत्र छर्दछ। अलि फरक शैलीको सांस्कृतिक परिवेश बोकेको उत्तर पूर्वका सबै समस्याको निराकरण गर्ने जिम्मा सायद फेरी एक पटक भाजपा र प्रान्तीय दलले नै पाउने सम्भावना पवल छ।
स्रोतः हिन्दुस्तान टाइम्स, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार  ८ : ५५ बजे

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

इलाम – इलाम नगरपालिका-७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस मतदान केन्द्रमा

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा भइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा

भारतमा विद्युतीय मतदानबारे परेको रिट खारेज

एजेन्सी – भारतमा लोकसभा निर्वाचनअघि विद्युतीय मतदानबारे परेको रिट त्यहाँको

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य