सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? | Khabarhub Khabarhub

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


25.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली बजारमा  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँ र  तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार चाँदी प्रतितोला १७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ११ : १३ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा