कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबीच सम्झौता | Khabarhub Khabarhub

कुमारी बैंक र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबीच सम्झौता


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेड र वसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच सम्झौता भएको छ ।​ बैंकका ग्राहकलाई अस्पतालबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्न सम्झौता गरिएको बैंकले जनाएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकले अस्पतालबाट सेवा लिए बापत भुक्तानी गर्नुपर्ने रकम कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा छुट प्राप्त गर्नेछन् ।

जसअनुसार केन्द्रको ओपीडीमा काठमाडौंस्थित मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरूबाट सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा ७ प्रतिशत, सामान्य सेवाहरूमा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत छुट पाउनेछन् ।

साथै पहिलो भिजिटमा नि:शुल्क आँखा परीक्षण सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५१ एक्स्टेन्सन काउन्टर तथा ६५ शाखारहित ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  २ : २५ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

जिनेभा – संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा

बाढी बस्तीमा पसेपछि १४० घरपरिवार जोखिममा

भक्तपुर – चाँगुनारायण नगरपालिका–१ बेंसीमा मनोहरा खोलाले कटान गरी बाढी

गौरापर्वको पहिलो दिन घरघरमा विरुडा राखियो

कञ्चनपुर – सुदूरपश्चिममा आजदेखि गौरापर्व विधिवत् रुपमा सुरु भएको छ

माओवादी केन्द्रले भन्यो : उखु किसानको सम्पूर्ण बक्यौता भुक्तानी गरियोस्

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आन्दोलनरत उखु किसानको

पर्सामा पनि जापनिज इन्सेफ्लाइटिसका बिरामी भेटिए

पर्सा – पर्सामा जापानिज इन्सेफलाइटिसका दुई बिरामी देखापरेका छन् ।