देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री « Khabarhub

देउवासँग वार्तापछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसद्मा गतिरोध कायम रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग संवाद गरेका छन् ।

आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जानकारी दिएको छ ।

खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लिएर संसद्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्दोलित छ । त्यहीकारण संसद्का दुवै सदन अघि बढ्न सकेका छैनन् ।

उता सरकारले यही जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पनि ल्याउँदैछ ।

कांग्रेसको अवरोधका कारण नीति तथा कार्यक्रम संसद्‍का दुवै सदनमा वाचन गर्न पनि राष्ट्रपतिलाई अप्ठेरो पर्ने अवस्था छ ।

यद्यपि कांग्रेसले राष्ट्रपति संसद्‍मा आउँदा कुनै अवरोध नगर्ने जनाएको छ । आइतबार मात्रै प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखकसहितसँग संवाद गरेका थिए ।

उक्त संवादमा सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सरकार सकारात्मक रहेको कांग्रेस सचेतक लेखकले बताएका थिए ।

तर संसदीय छानबिन समिति उपप्रधानमन्त्री लामिछानेकेन्द्रित बनाउने कि सबै घटनाबारे अध्ययन गर्ने विषयमा कुरा मिल्न सकेको छैन ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ३ : ०४ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका