सरकारले प्रतिपक्षलाई न्याय गरेर भोलिसम्ममा छानबिन समिति बनाओस् : रमेश लेखक  « Khabarhub

सरकारले प्रतिपक्षलाई न्याय गरेर भोलिसम्ममा छानबिन समिति बनाओस् : रमेश लेखक 


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाली कांग्रेसले सदनको अवरोध हटाउन बल सरकारकै हातमा रहेको बताएको छ ।

आइतबार दिउँसो सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख सचेतक र सचेतकको छलफलमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री माथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायम राखेका थिए । उनले जुनसुकै हालतमा पनि गृहमन्त्री माथि छानबिन समिति बन्नुपर्ने तर्क  गरे ।

सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लेखकले भने, ‘संसदीय छानबिन समिति हुनुपर्छ भनेर पुनः स्मरण गराएँ। संसद् भनेको प्रतिपक्षको हो, बढी चाहिन्छ। सत्तापक्षले संसद् अवरुद्ध हुने स्थिति निर्माण गरेर प्रतिपक्षकाप्रति न्याय गरेको छैन । हामीले सरकारसँग आफ्नो कुरा भनेका छौँ ।’

उनले त्यसपछि भने, ‘भोलि दिउँसोसम्ममा सरकार वा सत्तापक्षले छानबिन समिति बनाउने कुरालाई अघि लिएर आउनेछ । भोलि निकास आउँछ । समाधान सरकारले गर्छ । नेपाल सरकारले बल गर्नुपर्छ । बल नेपाल सरकारको कोटमा छ।’

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ४ : २८ बजे

कमजोर ब्याटिङ गरेको नेपालले ओमानलाई दियो १४८ रनको चुनौती

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा कमजोर

प्रधानमन्त्री बालेन बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न ३ बजेका लागि

ओमानविरुद्ध दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

काठमाडौँ – एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालका

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ ल्याइयो

चितवन – कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट