उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी « Khabarhub

उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौँ उपत्यकामा सञ्चालित उद्योगलाई अन्यत्र सार्नुपर्ने धारणा व्यक्त गरेका छन्  ।

ग्रील तथा स्टील व्यवसायी महासङ्घ नेपालका विभिन्न मागसहितको आज मन्त्रालयमा ज्ञापन पत्र बुझ्दै उनले भने, ‘विकसित मुलुकमा सहरी क्षेत्रभन्दा टाढा छुट्टै स्थानमा उद्योग निर्माण गरिएका छन्, हामी कहाँ पनि सुरक्षित ठाउँमा औद्योगिक क्षेत्र निर्धारण गरेर त्यहाँ उद्योग निर्माण गर्नुपर्छ ।’

उनले क्षेत्र निर्धारण गरेर उद्योगका लागि आवश्यक पूर्वाधार निर्माण सरकारको जिम्मेवारी भएको बताए ।

मन्त्री भण्डारीले ग्रील तथा स्टील व्यवसायीका मागका सन्दर्भमा उद्योग मन्त्रालयबाट अधिकतम माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै व्यवसायीलाई नयाँ प्रविधिको प्रयोग गर्न आग्रह गरे ।

अन्य मुलुकबाट कच्चा पदार्थ ल्याएर प्रतिस्पर्धा गर्न नसकिने उल्लेख गर्दै उनले यहाँ उत्पादन हुने वस्तुको बजार माग बढाउन विदेशी सामग्री प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । महासङ्घका अध्यक्ष ठूलोबाबु श्रेष्ठको नेतृत्वको टोलीसित मन्त्री भण्डारीले नेपालमा उत्पादन हुने सामग्री विदेशबाट आयात गर्दा भन्सार महसुल बढाउनुपर्ने धारणा राखे ।

उद्योग मन्त्रालयले भन्सार महसुल बढाउने विषयमा अर्थ मन्त्रालयसित समन्वय गर्ने प्रतिबद्धता जनाउँदै उनले व्यवसायीलाई अर्थ मन्त्रालयको ध्यानाकर्षण गराउन आग्रह गरे ।

साथै मन्त्री भण्डारीले ग्रील व्यवसायीलाई नयाँ प्रविधिमा आधारित विभिन्न सीप तथा तालिमका लागि मन्त्रालयबाट सहयोग रहने प्रतिबद्धता जनाए ।

महासंघले ग्रील तथा स्टील व्यवसायलाई व्यवस्थित ढङ्गबाट सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने लगायतका विभिन्न सात बुँदासहितको ज्ञापन पत्र बुझाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : ५९ बजे

कांग्रेसको विशेष महाधिवेशन मंगलबारसम्म चल्ने, फुटको संकट टार्न मध्यमार्गी उपाय खोज्दै नेताहरू

काठमाडौं– महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भइरहेको नेपाली

नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना

काठमाडौं– नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना घटेको

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता