नाफा बढेसँगै श्रृजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयर नेटवर्थ कति ? « Khabarhub

नाफा बढेसँगै श्रृजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयर नेटवर्थ कति ?


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८ अंक बढ्दा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा शेयर कारोबार भएका ३११ कम्पनीमध्ये सर्किट हान्ने श्रृजनशील एकमात्र कम्पनी बन्यो ।

आइतबार श्रृजनशीलको २३ हजार २६० रुपैयाँको ३२९ कित्ता शेयर किनबेच भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको यो कम्पनीको शेयर आज प्रतिकित्ता १२४ रुपैयाँ ८० पैसाले बढेर एक हजार ३७२ रुपैयाँ ८० पैसा पुगेको हो ।

श्रृजनशीलको शेयर आइतबार बजार खुलेपछि एक हजार २७२ रुपैयाँ ९० पैसाबाट कारोबार शुरू भएको थियो । त्यसपछि शेयर मूल्य निरन्तर बढेर सकारात्मक सर्किट लागेर कारोबार नै बन्द भयो । कम्पनीको एक वर्षको अवधिमा उच्चतम एक हजार ३८० रुपैयाँसम्म र न्यूनतम ७७७ रुपैयाँसम्म शेयर मूल्य पुगेको थियो ।

श्रृजनशीलको १० लाख ९३ हजार ७५० कित्ता सूचिकृत शेयर रहेको छ । जारी शेयरमध्ये सर्वसाधारणको ३६  र प्रवर्द्धकको ६४ प्रतिशत छ ।

कम्पनीको बजार पूँजीकरण एक अर्ब ५० करोड १५ लाख रुपैयाँ बराबर छ ।

नाफा बढेसँगै शेयरमा पनि उछाल
श्रृजनशील लघुवित्तले आइतबार नै चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा घाटामा रहेको लघुवित्तले तेस्रो त्रैमासमा भने नाफा गरेका कारण शेयरमा उछाल आएको हो ।

सार्वजनिक अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ महिनामा २ करोड ४३ लाख ६८ हजार रुपैयाँ नाफा गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षकै दोस्रो त्रैमासमा भने एक करोड ४६ लाख ३५ हजार घाटा ब्यहोरेको थियो ।

लघुवित्तले खराब कर्जा पनि ३ महिनाको अवधिमै घटाएको छ । आर्थिक वर्षको छैठौं महिना (पुस) सम्म खराब कर्जा १८.१५ प्रतिशत रहेकोमा नवौं महिना (चैत) मा ७.३६ प्रतिशतमा झारेको हो ।

लघुवित्तले चालु आवको ६ महिनामा ३ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी अनुपात पनि ९ महिनामा धनात्मक बनाएको छ । ९ महिना अवधिमा यस्तो अनुपात ३८ रुपैयाँ ६१ पैसा पुर्‍याएको छ ।

कम्पनीले नाफा कमाएसँगै प्रतिशेयर नेटवर्थ पनि बढेको छ । ९ महिना अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ५७ पैसा छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा मात्र थियो ।

१० जिल्लामा ३३ शाखा
नेपाल राष्ट्र बैंकबाट २०७५ साल फागुनमा लघुवित्त वित्तीय संस्थाको अनुमति लिएको श्रृजनशीलको १० जिल्लामा ३३ शाखा कार्यालय छन्‌ । लघुवित्तमा ४१ हजार ७६० जना सक्रिय सदस्य रहेको कम्पनीले जनाएको छ ।

जसमा २१ हजार ४४४ जनाले लघुवित्तबाट गत आर्थिक वर्षसम्म ऋण लिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा १८६ जना कर्मचारी कार्यरत रहेका छन् । लघुवित्तको केन्द्रीय कर्यालय सिरहाको गालबजार नगरपालिका–७, चोहर्वामा रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ०४ बजे

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल

बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष गुरुङ

लमजुङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

काठमाडौं- पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित गरी