नाफा बढेसँगै श्रृजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयर नेटवर्थ कति ? « Khabarhub

नाफा बढेसँगै श्रृजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयर नेटवर्थ कति ?


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८ अंक बढ्दा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा शेयर कारोबार भएका ३११ कम्पनीमध्ये सर्किट हान्ने श्रृजनशील एकमात्र कम्पनी बन्यो ।

आइतबार श्रृजनशीलको २३ हजार २६० रुपैयाँको ३२९ कित्ता शेयर किनबेच भएको छ । गत साताको अन्तिम कारोबार दिन बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको यो कम्पनीको शेयर आज प्रतिकित्ता १२४ रुपैयाँ ८० पैसाले बढेर एक हजार ३७२ रुपैयाँ ८० पैसा पुगेको हो ।

श्रृजनशीलको शेयर आइतबार बजार खुलेपछि एक हजार २७२ रुपैयाँ ९० पैसाबाट कारोबार शुरू भएको थियो । त्यसपछि शेयर मूल्य निरन्तर बढेर सकारात्मक सर्किट लागेर कारोबार नै बन्द भयो । कम्पनीको एक वर्षको अवधिमा उच्चतम एक हजार ३८० रुपैयाँसम्म र न्यूनतम ७७७ रुपैयाँसम्म शेयर मूल्य पुगेको थियो ।

श्रृजनशीलको १० लाख ९३ हजार ७५० कित्ता सूचिकृत शेयर रहेको छ । जारी शेयरमध्ये सर्वसाधारणको ३६  र प्रवर्द्धकको ६४ प्रतिशत छ ।

कम्पनीको बजार पूँजीकरण एक अर्ब ५० करोड १५ लाख रुपैयाँ बराबर छ ।

नाफा बढेसँगै शेयरमा पनि उछाल
श्रृजनशील लघुवित्तले आइतबार नै चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । दोस्रो त्रैमासमा घाटामा रहेको लघुवित्तले तेस्रो त्रैमासमा भने नाफा गरेका कारण शेयरमा उछाल आएको हो ।

सार्वजनिक अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले ९ महिनामा २ करोड ४३ लाख ६८ हजार रुपैयाँ नाफा गरेको छ । लघुवित्तले चालु आर्थिक वर्षकै दोस्रो त्रैमासमा भने एक करोड ४६ लाख ३५ हजार घाटा ब्यहोरेको थियो ।

लघुवित्तले खराब कर्जा पनि ३ महिनाको अवधिमै घटाएको छ । आर्थिक वर्षको छैठौं महिना (पुस) सम्म खराब कर्जा १८.१५ प्रतिशत रहेकोमा नवौं महिना (चैत) मा ७.३६ प्रतिशतमा झारेको हो ।

लघुवित्तले चालु आवको ६ महिनामा ३ रुपैयाँ ६० पैसा ऋणात्मक रहेको प्रतिशेयर आम्दानी अनुपात पनि ९ महिनामा धनात्मक बनाएको छ । ९ महिना अवधिमा यस्तो अनुपात ३८ रुपैयाँ ६१ पैसा पुर्‍याएको छ ।

कम्पनीले नाफा कमाएसँगै प्रतिशेयर नेटवर्थ पनि बढेको छ । ९ महिना अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ २६२ रुपैयाँ ५७ पैसा छ । दोस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा मात्र थियो ।

१० जिल्लामा ३३ शाखा
नेपाल राष्ट्र बैंकबाट २०७५ साल फागुनमा लघुवित्त वित्तीय संस्थाको अनुमति लिएको श्रृजनशीलको १० जिल्लामा ३३ शाखा कार्यालय छन्‌ । लघुवित्तमा ४१ हजार ७६० जना सक्रिय सदस्य रहेको कम्पनीले जनाएको छ ।

जसमा २१ हजार ४४४ जनाले लघुवित्तबाट गत आर्थिक वर्षसम्म ऋण लिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीमा १८६ जना कर्मचारी कार्यरत रहेका छन् । लघुवित्तको केन्द्रीय कर्यालय सिरहाको गालबजार नगरपालिका–७, चोहर्वामा रहेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ०४ बजे

यस्तो छ जुद्ध वारुण यन्त्रको हालत, उपमेयर डंगोलले गरिन् निरीक्षण (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन काठमाडौं महानगरपालिकाले

दमौली-केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

तनहुँ– जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४

कर्णालीमा कमजोर बन्दै कृषि क्षेत्र, सडक कालोपत्रे २५० किलोमिटर पुग्यो

काठमाडौं– समग्र विकासका दृष्टिकोणले पछि पर्दै आएको कर्णालीमा पछिल्लो समय

सिमरा फेरि अशान्त, विरोध प्रदर्शन गर्दै सडकमा युवा (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका कार्यकर्ता र जेन-जी समूहका युवाबीच बुधबार भएको

महाधिवेशनको रणनीति बनाउँदै ओली, निकट नेताहरूसँग निरन्तर संवाद

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशन यही मङ्सिर २७ गतेदेखि काठमाडौँमा