जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आराेपमा दुई जना पक्राउ « Khabarhub

जनकपुरधामबाट ८० लाख रुपैयाँ लुटेको आराेपमा दुई जना पक्राउ


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– जनकपुरधाममा वित्तीय संस्थाका कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा हतियारसहित आएका तीन जनाले रकम लुटपाट गरेको घटनामा प्रहरीले पक्राउ गरेका दुई जनालाई सार्वजनिक गरेको हो ।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले सोमबार तीन जनाले रकम लुटे पनि ८ जनाको संलग्नता रहेको पाइएको बताए । उनले संलग्नहरूमध्ये दुई जना पक्राउ परेको र  बाँकी फरार रहेकाले उनीहरूको खोजी भइरहेको बताए ।

उक्त लुटपाटको घटनामा संलग्न रहेकाहरुविरुद्ध लागूऔषधलगायतका मुद्दा यसअघि पनि रहेको उनले बताए । प्रहरीले दुई जनालाई सार्वजनिक गरे पनि नाम भने खोलाएको छैन ।

गत सोमबार धनुषाकाे सबैला नगरपालिका–१२ मा रहेको शुभ श्री बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोको साथबाट ८० लाख रुपैयाँ लुटिएको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : ३७ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण