नेपाली चलचित्र ‘रावायण’का तीन गीतमा भारतीय कलाकारको स्वर | Khabarhub Khabarhub

नेपाली चलचित्र ‘रावायण’का तीन गीतमा भारतीय कलाकारको स्वर


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नेपाली चलचित्र ‘रावायण’को तीन गीतमा भारतीय कलाकारले स्वर दिएका छन् ।

उक्त चलचित्रको शीर्षसहित अन्य दुई गीतमा भारतीय गायकगायिकाहरु नकासा अजिज, कुनाल गान्जावाला र सोनु कक्करले आवाज दिएको निर्माण पक्षले जनाएको छ ।

निर्देशक थापाका अनुसार उनीहरुले भारतमा नै गीत रेकर्ड गराएका हुन् । उनले भने, ‘हामीले मिक्सिङ, मास्टरिङदेखि संगीतका सबै काम भारतमा नै गरेर भारतीय गायकगायिकमार्फत गीत रेकर्ड गरेका हौं । यसले संगीतको गुणस्तर पनि उत्कृष्ट हुन्छ भन्ने हो ।’

भारतीय संगीतकार रेवन सिंह र निरज सिंह सिंहले यी गीतमा संगीत भरेको बताइएको छ । फिल्मको शीर्ष गीतमा गायक तथा संगीतकार नकासा अजिजको स्वर रहेको छ ।

उनले सलमान खान, सहिद कपुर, अमिताभ बच्चनलगायतका अभिनेताहरुको फिल्ममा स्वर दिएका छन् । अजिजका चर्चित गीतहरुमा सेल्फी लेले रे, सारी के फल से, नाँच मेरी जानलगायत हुन् ।

त्यस्तै, फिल्मको ‘रोमान्टिक’ गीतमा कुनाल गान्जावालाले स्वर दिएका छन् । उनी भिघे ओठ तेरे, दुपट्टा तेरालगायत चर्चित गीतका गायक हुन् । ‘आइटम’ गीतमा भने गायिका सोनु कक्करले स्वर दिएको निर्माण पक्षले जनाएको छ । उनी भारतको व्यस्त गायिका मध्येमा पर्छिन् ।

‘रावायण’मा नायक पल शाह र नायिका पूजा शर्मा मुख्य भूमिकामा छन् । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा बन्ने यस निर्देशक थापा र नायिका शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ८ : १४ बजे

कमलपोखरीको छठ घाटमा प्रधानमन्त्री (तस्बिरहरू)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले छठ पर्वका अवसरमा काठमाडौंको कमलपोखरी पुगेर

जुम्लाका एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध 

जुम्ला– जुम्ला जिल्लामा करिब एक लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

‘झापा महिला गोल्डकप’को खेल तालिका सार्वजनिक

दमक– झापाको शिवसताक्षी नगरपालिकामा यही कात्तिक १५ देखि २२ गतेसम्म

सरकारले जेन-जी र राजनीतिक दलसँग बुधबार संयुक्त वार्ता गर्ने

काठमाडौं– सरकारले बुधबार जेन-जी प्रतिनिधि र राजनीतिक दलसँग बुधबार संवाद

वरिष्ठ अधिवक्ता भण्डारी सम्मानित

काठमाडौं– वैयाकरण नेपाल स्मृति पुरस्कारबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सम्मानित