अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत « Khabarhub

अफगानिस्तान : बाढी प्रभावित क्षेत्रमा पुग्न उद्धारकर्मी सङ्घर्षरत


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सेख जलाल – आपत्कालीन सहायता र उद्धार टोलीहरूले आइतबार अचानक आएको बाढीबाट सबैभन्दा धेरै प्रभावित उत्तरी अफगानिस्तानका क्षेत्रहरूमा पुग्न सङ्घर्ष गर्नुपरेको छ । बाढीबाट सयौँ मानिसको मृत्यु भएको छ ।

अफगानिस्तानमा शुक्रबार ठूलो वर्षा हुँदा धेरै प्रान्तमा अचानक बाढी आयो । बाढीबाट उत्तरी बघलान प्रान्त सबैभन्दा नराम्रोसँग प्रभावित भएको छ । उक्त प्रान्तमा बाढीले सडक र पुलहरू क्षतिग्रस्त हुँदा सहायता पुर्याउन व्यवधान भएको छ ।

सबैभन्दा विनाशकारी क्षेत्रमध्येको एक बुर्काबाट करिब दुई घन्टाको ड्राइभमा रहेको शेख जलालमा खाद्यान्नले भरिएका ट्रक, सैन्य वाहन, उद्धारकर्मी र स्थानीय बासिन्दाहरू बाढीले सडकलाई बगाएपछि फसेका थिए ।

सेनाले बाटो बनाउन भारी मेसिनरीको प्रयोग गरिरहेका थिए भने हिलोमा फसेका ट्रकहरूलाई बाहिर निकालिरहेका थिए । बुर्कामा खाद्यान्न पुर्याउने प्रयास गरिरहेका टर्की हक मानवीय राहत सङ्घको टिमको एक सदस्य अली आर्यनफरले आइतबार बिहानदेखि नै सडकमा रहेको तर शेख जलालमा रोकिएको बताए ।

“वहाँ (बुर्का)मा हाम्रा देशवासीलाई सहयोग चाहिन्छ, सडक खुलोस र हामी उक्त क्षेत्रमा पुग्न सकौँ भनेर प्रार्थना गर्दछु”, उनले भने, “मानिसहरूको घर क्षतिग्रस्त भएका छन्, उनीहरूसँग केही पनि छैन, आश्रय पनि छैन ।”

संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम ९डब्ल्युएफपी० ले सामाजिक सञ्जाल एक्समा गधाको पिठ्युँमा बाँधिएको आँटाको डब्ल्युएफपी–मुद्राङ्कित ब्यागको एउटा तस्बिर साझा गरेको छ । एक्समा ‘बघलानमा सबैथोक गुमाएर बाँचेका मानिसलाई खाद्यान्न प्राप्त गर्न हरेक विकल्पको सहारा लिनुपर्यो, अधिकांश प्रभावित क्षेत्रमा ट्रक पुग्न सक्तैनन्’ भनिएको छ ।

तालिबान सरकारको शरणार्थी मन्त्रालयले आइतबार बघलानमा बाढीबाट तीन सय १५ जनाको मृत्यु भएको र एक हजार छ सयभन्दा बढी घाइते भएको बताएको छ । मन्त्रालयले दुई हजारभन्दा बढी घर क्षतिग्रस्त भएको र एक हजार गाईवस्तु मारिएको उल्लेख गरेको छ ।

डब्ल्युएफपीले शनिबार बघलानमा तीन सयभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि गरेको थियो । तालिबान अधिकारी र गैरसरकारी समूहहरूले मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताएका छन् । गैरसरकारी सङ्गठन सेभ द चिल्ड्रेनका अनुसार बघलानको पाँच सबैभन्दा गम्भीररूपमा प्रभावित जिल्लामा करिब छ लाख मानिस बस्छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : २४ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र