स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन « Khabarhub

स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्पष्ट योजनाका साथ कार्य सम्पादन गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित आर्थिक वर्ष ०८०/८१ को कार्य प्रगति विवरणसहितको छलफलमा उहाँले कार्यक्षमताका आधारमा प्रदेश सरकारप्रति जनताको आशा बढाउनुपर्ने बताए ।

“प्रदेशको औचित्य पुष्टि गर्ने कुरा तपाईंको हातमा छ, कर्मचारीको प्रभावकारी कार्यसम्पादनले जनतामा आशा जगाउँछ” मुख्यमन्त्री अधिकारीले भने, “यसका लागि मन्त्री, सचिवदेखि कर्मचारीको कार्य प्रगतिको खाँचो छ ।”

संविधानले दुई वर्ष सरकार नफेर्ने कल्पना गरेपनि समर्थन गर्ने दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिने प्रावधानले स्थिर सरकार बन्न नसकेको उनको भनाइ थियो ।

उनले दैनिक कार्य प्रभावित हुने गरी बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिए । टुक्रे योजनामा बजेट छुट्याउँदा प्रभावकारी नहुने भएकाले आगामी आर्थिक वर्षको नीति तथा योजना एवम् बजेट निर्माण गर्दा विशेष ध्यान दिन निर्देशन दिए । उनले भने, “राजनीतिभन्दा माथि उठेर विकास निर्माणमा जुट्न अपरिहार्य छ ।”

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत र सूचना अधिकारी राजन भट्टराईले आव ०८०र८१ को कार्यप्रगति विवरण प्रस्तुत गरी मुख्यमन्त्री अधिकारीको जिज्ञासामा जवाफ दिएका थिए ।प्रदेशस्तरका आयोजना कार्यान्वयनमा कतिपय सङ्घीय कानुन अवरोध बनेकाले समयमै आयोजना सम्पन्न गर्न नसकिएको बताए ।

प्रदेशमा स्थापना हुने ठूला उद्योग व्यवसाय दर्ता र नवीकरणका लागि प्रदेशस्तरमा सम्बन्धित निकाय नहुँदा कठिनाइ भोग्नुपरेको मुख्यमन्त्री अधिकारीको भनाइ थियो । सङ्घीय विनियोजन ऐनका कारण प्रदेश सरकारले सङ्घीय एकाइलाई बजेट अख्तियारी प्रदान गरी काम गराउन कठिनाइ भएको, प्रदेश मन्त्रालय अन्तर्गतका भवन रहेका जग्गाको स्वामित्व प्रदेश सरकार मातहत ल्याउनुपर्नेमा जोड दिए ।

‘प्रि–मनसुन’ सुरु भइसकेकाले मनसुनका कारण सम्भावित क्षति न्यूनीकरण गर्न विपद् भइहालेमा तत्काल उद्धार राहतलगायत कार्य गर्न तयारी अवस्थामा रहनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ९ : ३५ बजे

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर

नक्कली शरणार्थी प्रकरण : कसलाई कति सजाय ? (सूचीसहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा मुछिएकामध्ये

मिटर ब्याजको छानबिन सम्बन्धी दुई प्रतिवेदन कार्यान्वयनमा

काठमाडौँ । सरकारले मिटरब्याजको छानबिन सम्बन्धी दुईवटा प्रतिवेदन कार्यान्वयमा लैजाने