लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण « Khabarhub

लप्चिका स्थानीयवासीलाई गाउँमै पुगेर सीमा पास वितरण


३० बैशाख २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दोलखा – दोलखा र चीनको सीमानामा पर्ने लप्चि नाकाका स्थानीयवासीलाई गाउँमै पुगेर जिल्ला प्रशासन कार्यालय दोलखाले सीमा पास उपलब्ध गराएको छ ।

केही हप्ताअघि मात्रै लप्चिका स्थानीय समाजसेवी फुुर्बाथार्के शेर्पाको एक टोलीले जिल्ला प्रशासन कार्यालयमा आई गोठालो जान सीमा पास माग गरेको थियो । सोही मागका आधारमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले लप्चिवासीलाई सीमा पासको प्रबन्ध गरेका हुन् ।

लप्चिका ३८ जना स्थानीयवासीलाई जिल्ला प्रशासन कार्यालय दोलखाका शाखा अधिकृत विकल श्रेष्ठले घरमै पुुगेर सीमा पास उपलब्ध गराएका हुन् । श्रेष्ठका अनुसार गाउँमा भेटिएसम्मका सबैलाई सीमा पास वितरण गरिएको छ । छुटेका केहीलाई जिल्ला प्रशासन कार्यालयबाटै वितरण गरिने जानकारी दिए।

सीमा पास वितरणसँगै लप्चिवासीको चीन प्रवेशमा सहज भएको छ । सीमा पास पाएपछि स्थानीयले खुसीयाली साटेका छन् । स्थानीय फुुर्बाथार्के शेर्पाले भने, “अब हामीलाई पारी चीनतर्फ जान सहज भयो । अब चौरीगाँई चराउन पनि सहज भएको छ । दैनिक उपभोग्य सामग्री किनमेल गर्न राहत मिलेको छ ।”

सदरमुकाम चरिकोटबाट लप्चि पुुग्न दुुई दिन पैदल र एक दिन गाडीमा यात्रा गर्नुुपर्छ । चीन सरकारले आफ्नो देशको सीमामा लप्चिका नागरिकलाई राज्यले तोकेको सीमा पास भए मात्रै प्रवेश दिने भनेपछि लप्चिका स्थानीयको दैनिकीमा समस्या भएको थियो । चीनतर्फ चौंरी चराउन समेत चिनियाँ प्रतिनिधिले पास मागेपछि सीमा पासको परिचयपत्र उपलब्ध गराइदिन प्रजिअ पोखरेल समक्ष आग्रह गरेका थिए ।

कोरोना महामारीपछि बन्द रहेको लप्ची–रामुदिङ नाका खुला नहुँदा लप्चीका स्थानीय आर्थिक रुपमा समस्या छन् । गएको दसैँमा नाका खुला हुँदा केही राहत भएको थियो । हाल आएर सीमा पास कारण देखाएपछि सीमा वारपार हुन सकेको थिएन ।

लप्चिका स्थानीयहरु नाका पार गरी चौंरीगाइ चराउने मात्रै नभइ चीनतर्फ खर्कमा आलुुखेती गर्ने, बजारमा किनमेल गर्ने समेत गर्छन् । सदरमुकामबाट लप्चिमा एक केजी नुन हेलिकप्टरबाट लैजाँदा झण्डै रु दुई सय मूल्य पर्ने गर्छ । ३० किलोको एक बोरा चामल नौ हजारसम्म पर्ने गर्छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १० : १२ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ