विश्वकपमा अहिले नेपाल श्रीलंकासँग भिड्दै : वर्षाले खेल रोकियो « Khabarhub

विश्वकपमा अहिले नेपाल श्रीलंकासँग भिड्दै : वर्षाले खेल रोकियो


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बुधबार बिहान नेपालले आईसीसी टी-२० विश्वकप अन्तर्गत दोस्रो खेल खेल्दैछ।अमेरिकाको फ्लोरिडास्थित लाउडरहिल मैदानमा बुधबार बिहान नेपाली समय अनुसार ५ः१५ बजे हुने भनिएको खेल वर्षाले प्रभावित भएको छ ।
वर्षाका कारण टस हुन नसकेपछि खेल केही ढिलामात्र सुरु हुने भएको छ ।

समूह ‘डी’मा दुई खेल खेलिसकेको श्रीलंका र एक खेल खेलेको नेपाल अंकबिहीन छन्। अहिले वर्षा रोकिएको छ । मैदान सफा भएपछि टस हुने आईसीसीले जनाएको छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो। १०७ रनको चुनौती दिएको नेपाललाई नेदरल्यान्ड्सले ४ विकेट गुमाएर १८.४ ओभरमा १०९ बनाएर ६ विकेटले पराजित गरेको थियो। नेदरल्यान्ड्सँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको नेपालले टेस्ट राष्ट्र एवम् विश्वकपको विजेतासमेत रहेको श्रीलंकालाई हराउँदै पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

श्रीलंका भने पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र दोस्रो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको छ।

श्रीलंका तेस्रो खेलमा पहिलो जितको खोजीमा हुनेछ। टेस्ट राष्ट्र श्रीलंकासँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो।

विश्वकपको समूह ‘डी’ मा नेपाल, श्रीलङ्का, दक्षिण अफ्रिका, बङ्गलादेश र र नेदरल्यान्ड्स छन्।

तीन खेलमा सबै जितसहित दक्षिण अफ्रिका ६ अंकसहित समूहको शीर्ष स्थानमा छ। दुई अंक जोडेका बंगलादेश र नेदरल्यान्ड्स दोस्रो र तेस्रो स्थानमा छन्। नेपाल र श्रीलंका अंकबिहीन छन्।

नेपालले तेस्रो खेल जेठ ३२ मा दक्षिण अफ्रिका र समूह चरणको अन्तिम खेल असार २ मा बङ्गलादेशसँग वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा खेल्नेछ।

विश्वकप खेल्ने नेपाली टिम

टी-२० विश्वकप खेल्ने नेपाली टिममा अमेरिकी भिसा नपाएका सन्दीप लामिछानेसमेत थपिएका छन्। उनले वेस्ट इन्डिजमा हुने खेल मात्र खेल्नेछन्। वेस्ट इन्डिजमा हुने खेलका लागि भने प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राखिएको नेपाल क्रिकेट संघले जनाएको छ।

सन्दीपको नाम विश्वकप खेल्ने सूचीमा समेटिएको भए पनि अमेरिकाले भिसा नदिएपछि आईसीसीसँगको समन्वयमा गोप्य राखिएको क्यानका सचिव खड्काले विज्ञप्तिमार्फत् सोमबार जानकारी दिएका थिए। सन्दीपले देशका लागि विश्वकप खेल्ने आफ्नो सपना पुरा भएको भन्दै वेस्ट इन्डिज पुगेर सबैलाई धन्यवादसमेत दिएका छन्। उनी विश्वकपका लागि वेस्ट इन्डिजमा अभ्यास गरिरहेका छन्।

नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) , आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन्।

यो पनि पढ्नुहोस्

नेपालको बलियो प्रतिद्वन्द्वी श्रीलंका

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ५ : ०४ बजे

अमेरिका–इरान तनाव घटाउन पाकिस्तानी उच्चस्तरीय टोली इरान भ्रमणमा

काठमाडौं– अमेरिका र इरानबीच जारी तनाव तथा द्वन्द्व अन्त्यका लागि पाकिस्तानले

मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य

काठमाडौं– मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा

घुमारचोक र लप्सेका किसान ३५ वर्षदेखि इस्कुसखेतीमा व्यस्त, वार्षिक पाँच लाख आम्दानी

काठमाडौं– घुमारचोक र लप्सेका किसानहरु इस्कुसखेतीमा रमाइरहेको ३५ वर्ष नाघेको छ

कांग्रेस महाधिवेशन रोक्न देउवा समूह सर्वोच्च पुग्यो

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा

चार महिनापछि विधिपूर्वक सदनमा आउँदै प्रधानमन्त्री, ११ सांसदका प्रश्नको सामना गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि विधिपूर्वक प्रतिनिधिसभाको प्रश्नोत्तर कार्यक्रममा