विश्वकपमा पाकिस्तानको पहिलो जित : क्यानडा ७ विकेटले पराजित « Khabarhub

विश्वकपमा पाकिस्तानको पहिलो जित : क्यानडा ७ विकेटले पराजित


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले पहिलो जित निकालेको छ। मंगलबार राति समूह ‘ए’को खेलमा क्यानडालाई ७ विकेटले पराजित गर्दै समूह चरणको तेस्रो खेलमा पाकिस्तानले पहिलो जित निकालेको हो।

सुरुमा ब्याटिङ गरेको क्यानडाले दिएको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो पाकिस्तानका लागि ओपनर मोहम्मद रिजवान र तेस्रो क्रममा आएका कप्तान बाबर अजमले महत्त्वपूर्ण साझेदारी गरे।

उनीहरुले दोस्रो विकेटका लागि अर्धशतकीय साझेदारी गरे। ६२ बलमा ६३ रनको साझेदारी हुँदा
कप्तान बाबरले ३३ बलमा ३३ रन बनाएर विकेट किपरबाट क्याच आउट भए। बाबरले ३३ रनका लागि १ चौका र १ छक्का प्रहार गरेका थिए।

रिजवानले टोलीका लागि सर्वाधिक ५३ रन बनाए। नटआउट रहेका उनले ५३ बलमा २ चौका र १ छक्का प्रहार गरे।

क्यानडाका लागि डिलोन हेलिगरले दुई विकेट लिँदा जेरेमी गोर्डनले एक विकेट हात पारे।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो।

उसका लागि एरोन जोनसनको अर्धशतक प्रहार गरे। ४४ बलको सामना गरेका उनले चार चौका र चार छक्कासहित ५२ रन बनाएका थिए। त्यस्तै कलिम सानाले १४ बलमा १३ रन बनाए। कप्तान साद बिन जाफर १० रनमा आउट भए।

पाकिस्तानका ह्यारिस राउफ र मोहम्मद आमिरले दुईदुई विकेट लिए। जारी विश्वकपमा क्यानडाले तीन खेलमा एक खेल जितेको छ। पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले दोस्रो खेलमा आयरल्याण्डलाई पराजित गरेको हो।

पाकिस्तानले अमेरिकासँग सुपर ओभरमा हार पराजय भोग्नु परेको थियो भने भारतसँग ६ रनले पराजित भएको थियो।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ५ : ३८ बजे

दलगत ट्रेड युनियन खारेज गर्छौं : रास्वपा 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलगत ट्रेड युनियन खारेज गर्ने

तलब खाएर राजनीतिक दलप्रति निष्ठा राख्नु अनैतिक र दण्डनीय हो : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी घोषणापत्रमा जनताको करबाट तलब

सर्लाहीमा गोली लागेर एक बालक घाइते

सर्लाही– सर्लाहीको सदरमुकाम मलङ्गवामा आज गोली लागेर एक बालक घाइते

०४८ देखि सार्वजनिक पदमा भएका सबैको सम्पत्ति छानबिन गर्ने कांग्रेसको प्रतिज्ञा

काठमाडौं‍- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाललाई पाँच वर्षभित्र

‘कांग्रेसले ०४६ देखि ५१ सम्म सरकार चलाएको समय स्वर्णिम युग, त्यहीबेला मुलुकको आर्थिक जग बस्यो’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्मको