अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटियो « Khabarhub

अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटियो


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको छ।

बुधबार बिहान भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अस्ट्रेलियालाई नामिबियाले ७३ रनको चुनौती दिएको हो। नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाए। ४३ बलको सामना गरेका उनले चार चौका र १ छक्का प्रहार गरेका हुन्। माइकल भ्यान लिङ्गेनले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नामिबियाले १७ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएको हो ।

नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए। उसका लागि जोश हेजलवुड र मार्कस स्टोइनिस दुई दुई विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले एकएक विकेट लिए।

अहिले अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्दैछ। समूह ‘बी’मा स्कटल्याण्ड पाँच अंकसहित शीर्ष स्थानमा छ भने दुई खेलमा चार अंक जोडेको अस्ट्रेलिया दोस्रो र समान खेलमा एक जितसहित दुई अंक जोडेको नामिबिया तेस्रो स्थानमा छन्। दुई खेल खेलेको इंग्ल्याण्डले एक अंक जोडेको छ भने तीन खेल खेलेको ओमान अंकबिहीन छ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ०१ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले सम्बोधनमा के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार