अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटियो « Khabarhub

अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटियो


३० जेष्ठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘बी’को खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको छ।

बुधबार बिहान भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अस्ट्रेलियालाई नामिबियाले ७३ रनको चुनौती दिएको हो। नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाए। ४३ बलको सामना गरेका उनले चार चौका र १ छक्का प्रहार गरेका हुन्। माइकल भ्यान लिङ्गेनले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नामिबियाले १७ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएको हो ।

नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए। उसका लागि जोश हेजलवुड र मार्कस स्टोइनिस दुई दुई विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले एकएक विकेट लिए।

अहिले अस्ट्रेलियाले जवाफी ब्याटिङ गर्दैछ। समूह ‘बी’मा स्कटल्याण्ड पाँच अंकसहित शीर्ष स्थानमा छ भने दुई खेलमा चार अंक जोडेको अस्ट्रेलिया दोस्रो र समान खेलमा एक जितसहित दुई अंक जोडेको नामिबिया तेस्रो स्थानमा छन्। दुई खेल खेलेको इंग्ल्याण्डले एक अंक जोडेको छ भने तीन खेल खेलेको ओमान अंकबिहीन छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  ८ : ०१ बजे

एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

कास्की – जिल्लामा गत असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक घटे

चितवन – भोटेकोशी र बूढीगण्डकीको बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध

थ्रेसर मेसिनको प्रयोग: किसानलाई राहत, युवालाई गाउँमै रोजगारी

बाँके – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ का अमजत अली शेख विगत

विपद्पछि खुल्यो बेनी–जोमसोम मार्ग: पुनहिल, तातोपानी र अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे

म्याग्दी – म्याग्दीका पर्यटकीय स्थलहरूमा बडादसैँलगत्तै पर्यटकको चहलपहल बढ्न थालेको

साउदीमा ड्रोन आक्रमणमा नेपालीको मृत्यु: कामदारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ – साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका