७३ रनको लक्ष्य अस्ट्रेलियाले छैटौं ओभरमै भेट्टायो : नामिबिया ९ विकेटले पराजित | Khabarhub Khabarhub

७३ रनको लक्ष्य अस्ट्रेलियाले छैटौं ओभरमै भेट्टायो : नामिबिया ९ विकेटले पराजित


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले ७३ रनको लक्ष्य छैटौं ओभरमा भेट्टाएको छ। समूह ‘बी’ अन्तर्गत बुधबार बिहान भएको खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको थियो। ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले छैटौं ओभर खेल्दै ८६ बल बाँकी हुँदा एक विकेट गुमाएर ७४ रन बनाएको हो।

अस्ट्रेलियाका लागि ओपनर ट्रेभिस हेडले नटआउट सर्वाधिक ३४ रन बनाए। १७ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर डेबिड वार्नरले मात्र सात बल खेल्दै २० रन बनाए। उनले तीन चौका र १ छक्का प्रहार गरे। तेस्रो क्रममा आएका कप्तान मिचेल मार्शले ९ बलको सामना गर्दै तीन चौका र १ छक्काको मदद्तमा नटआउट १८ रन जोडे। अस्ट्रेलियासँग नामिबिया ९ विकेटले पराजित भएको खेलमा उसका लागि एक विकेट डेभिड विसेले लिए।

बुधबार बिहान भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अस्ट्रेलियालाई नामिबियाले ७३ रनको चुनौती दिएको थियो। नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाएका थिए। ४३ बलको सामना गरेका उनले चार चौका र १ छक्का प्रहार गरेका हुन्। माइकल भ्यान लिङ्गेनले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नामिबियाले १७ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएको हो।

नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए। उसका लागि जोश हेजलवुड र मार्कस स्टोइनिस दुई दुई विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले एकएक विकेट लिए।

समूह ‘बी’मा तीन खेलमा लगातार विजयी हुँदै अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको स्कटल्याण्ड पाँच अंकसहित दोस्रो स्थानमा छ।

नामिबिया दुई अंकसहित तेस्रो स्थामा छ। यो समूहमा दुई खेल खेलेको इंग्ल्याण्डले एक अंक जोडेको छ भने तीन खेल खेलेको ओमान अंकबिहीन छ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ४३ बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित