चिनियाँ रक्षामन्त्रीको अभिव्यक्ति उत्तेजक र आधारहीन : ताइवान | Khabarhub Khabarhub

चिनियाँ रक्षामन्त्रीको अभिव्यक्ति उत्तेजक र आधारहीन : ताइवान


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ रक्षामन्त्री डोङ जुनले ‘उत्तेजक र आधारहीन’ अभिव्यक्ति दिएको भन्दै ताइवानले आपत्ति जनाएको छ ।

मुख्यभूमि मामिलासम्बन्धी ताइवानी परिषद्ले ताइवानका बारेमा चिनियाँ रक्षामन्त्रीले उत्तेजक र आधारहीन अभिव्यक्ति दिएको जनाएको हो ।

रक्षामन्त्री डोङ जुनले सिंगापुरमा आयोजित शाङ्ग्री–ला सुरक्षा वार्तामा ‘ताइवानलाई चीनबाट अलग गर्न चाहने जो कसैको पनि विनाश हुने’ अभिव्यक्ति दिएका थिए ।

रक्षामन्त्रीको यो भनाइले संयुक्त राष्ट्रसंघको बडापत्रको उल्लङ्घन गर्ने र एसिया प्रशान्त क्षेत्रको शान्ति र सुरक्षामा असर पार्ने ताइवानको मुख्यभूमि मामिला परिषद्ले उल्लेख गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार चिनियाँ रक्षामन्त्रीको उक्त अभिव्यक्तिबाट राष्ट्रसंघको धारा २ को अनुच्छेद ४ उल्लङ्घन भएको परिषद्ले जनाएको छ । उक्त धारामा सदस्य राष्ट्रलाई शक्तिको प्रयोग गर्न वा धम्की दिन बन्देज लगाइएको छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीले यस्तो किसिमको उत्तेजक र आधारहीन अभिव्यक्ति दिनु निकै दुर्भाग्यपूर्ण छ’, परिषद्ले भनेको छ ।

स्वायत्त शासन चलाउँदै आएको ताइवानलाई कम्युनिष्ट शासन रहेको चीनले आफ्नै मुलुकको एक हिस्सा मान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर भएपनि मुख्यभूमिमा गाभ्ने चेतावनी दिँदै आएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ५० बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ