अस्ट्रेलिया र दक्षिण अफ्रिका विश्वकपको ‘सुपर-८’ मा « Khabarhub

अस्ट्रेलिया र दक्षिण अफ्रिका विश्वकपको ‘सुपर-८’ मा

७२ रन जोडेको नामिबिया ९ विकेटले पराजित


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकपमा समूह ‘बी’को अस्ट्रेलिया र समूह ‘डी’को दक्षिण अफ्रिका ‘सुपर-८’मा प्रवेश गरेका छन्।

समूह ‘डी’मा नेपाल र श्रीलंकाको खेल वर्षाले अवरुद्ध हुँदा अंक बाँडिएपछि दक्षिण अफ्रिका एक खेल अगाडि नै ‘सुपर-८’ मा पुगेको थियो। दक्षिण अफ्रिकाले तीन खेलमा जित निकाल्दै ६ अंक जोडेको छ।

भर्खरै सकिएको नामिबियासँगको खेलमा शानदार ९ विकेटको जित निकाल्दै अस्ट्रेलिया ‘सुपर-८’ पुग्ने दोस्रो टिम बनेको हो।

समूह ‘बी’ अन्तर्गत बुधबार बिहान भएको खेलमा अस्ट्रेलियाविरुद्ध सुरुमा ब्याटिङ गरेको नामिबिया ७२ रनमा समेटिएको थियो। ७३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले छैटौं ओभर खेल्दै ८६ बल बाँकी हुँदा एक विकेट गुमाएर ७४ रन बनाएको हो।

अस्ट्रेलियाका लागि ओपनर ट्रेभिस हेडले नटआउट सर्वाधिक ३४ रन बनाए। १७ बलको सामना गरेका उनले पाँच चौका र दुई छक्का प्रहार गरे। अर्का ओपनर डेबिड वार्नरले मात्र सात बल खेल्दै २० रन बनाए। उनले तीन चौका र १ छक्का प्रहार गरे। तेस्रो क्रममा आएका कप्तान मिचेल मार्शले ९ बलको सामना गर्दै तीन चौका र १ छक्काको मदद्तमा नटआउट १८ रन जोडे। अस्ट्रेलियासँग नामिबिया ९ विकेटले पराजित भएको खेलमा उसका लागि एक विकेट डेभिड विसेले लिए।

बुधबार बिहान भएको खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको अस्ट्रेलियालाई नामिबियाले ७३ रनको चुनौती दिएको थियो। नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले सर्वाधिक ३६ रन बनाएका थिए। ४३ बलको सामना गरेका उनले चार चौका र १ छक्का प्रहार गरेका हुन्। माइकल भ्यान लिङ्गेनले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्। नामिबियाले १७ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएको हो।

नामिबियालाई सस्तैमा समेट्न अस्ट्रेलियाका लागि एडम जाम्पा एक्लैले चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले मात्र १२ रन खर्चिए। उसका लागि जोश हेजलवुड र मार्कस स्टोइनिस दुई दुई विकेट हात पार्दा प्याट कमिन्स र नाथन एलिसले एकएक विकेट लिए।

समूह ‘बी’मा तीन खेलमा लगातार विजयी हुँदै अस्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ। समान खेल खेलेको स्कटल्याण्ड पाँच अंकसहित दोस्रो स्थानमा छ।

नामिबिया दुई अंकसहित तेस्रो स्थामा छ। यो समूहमा दुई खेल खेलेको इंग्ल्याण्डले एक अंक जोडेको छ भने तीन खेल खेलेको ओमान अंकबिहीन छ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : ०७ बजे

मुस्ताङबाट गाडी भित्रिँदा भेटिएन समस्या, रसुवातिर भने कैफियत

काठमाडौँ । मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो