बाँदरले बाली सखाप, मकैको बोटै बोकेर आन्दोलित भए किसान (तस्बिरहरू) « Khabarhub

बाँदरले बाली सखाप, मकैको बोटै बोकेर आन्दोलित भए किसान (तस्बिरहरू)


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

दोलखा– बाँदरले बाली खाएर सखाप बनाइदिएपछि कृषकहरूले जुलुस निकालेका छन् ।

बर्खे बालीका रुपमा रहेका मकै लगायत बाली फल नलाग्दै बाँदरले सखाप पार्न थालेपछि दोलखाको मेलुङ गाउँपालिका-७ का किसान आन्दोलित भएका हुन् ।

उनीहरूले बाँदर आतंक तत्काल नियन्त्रण गर्न माग गर्दै चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । उनीहरूले जिल्लास्थित राजनीति दलहरूलाई समेत बाँदर नियन्त्रणमा गम्भीर हुन मागसहित ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउनुअघि उनीहरूले सदरमुकाममा जुलुस निकालेर नाराबाजी गरे ।  बाँदरले हैरान पारेपछि मेलुङका सयौँ कृषकहरू आफ्नो पीडा पोख्न सदरमुकाम पुगेका हुन् ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  १ : २९ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति