काभ्रेमा दम्पतीको हत्या : ऋण तिर्ने पैसो जुटाउन लुटपाटको बाटो रोजेका थिए एकेन्द्रले « Khabarhub

काभ्रेमा दम्पतीको हत्या : ऋण तिर्ने पैसो जुटाउन लुटपाटको बाटो रोजेका थिए एकेन्द्रले


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


22.4k
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्‍चोक – जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा दम्पतीको हत्या लुटपाटका क्रममा भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरेर मानबहादुर बल र श्रीमती केकै माया तामाङको हत्यामा हत्यामा संलग्न भएको अभियोगमा पक्राउ परेका एकजना पुरुषलाई सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले धुलिखेलमा पत्रकार सम्मेलन गर्दै तीनखुट्टेमा जेठ ७ गते भएको दम्पती हत्यामा संलग्न ३८ वर्षीय एकेन्द्र सार्कीलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार दम्पतीको हत्यामा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-१ घर का ३८ वर्षीय एकेन्द्र सार्कीले संलग्नता स्वीकारेका छन् ।

उक्त घटनापछि हत्यामा संलग्नको खोजीका लागि प्रहरीले ‘अप्रेशन महाभारत’ चलाएको थियो ।

एसपी खड्काका अनुसार एकेन्द्रले जेठ ७ गते राति फलामको रड र घन लगायत घरेलु औजारले हानेर दम्पतीको ज्यान लिएका थिए ।

हत्यापछि एकेन्द्रले सुनका गरगहना, दम्पतीको पसलमा रहेको रिचार्ज कार्ड र केही नगद रकमसमेत लुटेर लगेका अनुसन्धानबाट खुलेको खड्काले बताएकी छन् ।

पक्राउ परेका एकेन्द्रले आफ्नो आर्थिक अवस्था कमजोर रहेको र ऋण तिर्न नसकेकाले पैसा जुटाउन लुटपाटका क्रममा उक्त घटना भएको बयान दिएका छन् ।

उनको आर्थिक अवस्था कमजोर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । यसअघि लागेको ऋण तिर्न दबाब परेपछि लुटपाट गर्न दम्पतीको हत्या गरेको बयान एकेन्द्रले दिएको खड्काले बताएकी छन् । तर प्रहरीले एकेन्द्रलाई कति ऋण लागेको थियो भन्ने कुरा खुलाएको छैन ।

काभ्रे प्रहरीले तेमाल गाउँपालिका-२ काफलडाँडास्थित चुखाबाट तीनपीपल जाने कच्ची सडक खण्डमा ५७ वर्षीया साहिँली तामाङलाई फलामको रडले हत्या गरेको प्रकरणका अभियुक्त पनि सार्वजनिक गरेको छ ।

साहिँलीलाई शरीरको विभिन्न भागमा रडले हानेर विभत्स रुपमा हत्यामा संलग्न भएको अभियोगमा त्यही ठाउँका ५७ वर्षीय मानध्वज तामाङलाई प्रहरीले बुधबार नै सार्वजनिक गरेको हो ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  २ : १७ बजे

कालीगण्डकी पुल भत्किँदा घट्यो बागलुङ बजारमा चहलपहल

काठमाडौं– बाढीले कालीगण्डकी पुल भत्किएपछि बागलुङ बजारमा चहलपहल घटेको छ

वुसिकले राष्ट्रपतिको पदबाट दिए राजीनामा, प्रधानमन्त्रीमा उम्मेदवारी दिने तयारी

बेलग्रेड– सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान