नेपाली सेनामा गणतन्त्र आएको छैन : पृथ्वीसुब्बा गुरुङ « Khabarhub

नेपाली सेनामा गणतन्त्र आएको छैन : पृथ्वीसुब्बा गुरुङ


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाली सेना भित्र गणतन्त्र नआएको टिप्पणी गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा रक्षा मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथि छलफलमा भाग लिँदै नेपाली सेना भित्र लोकतान्त्रिकरण गर्नु पर्ने बताउँदै सेनामा गणतन्त्र नआएको जस्तो आफूलाई लागेको टिप्पणी गरेका हुन् ।

उनले भने, ‘नेपाली सेनाको अझै आधुनिकीकरण, पेशागत हिसाबले सक्षम बनाउनुपर्नेछ। सेनाभित्र लोकतान्त्रिकरण गर्नुपर्नेछ, त्यहाँभित्र गणतन्त्र आएको छैन भन्ने लाग्छ । त्यसको बारे रक्षा मन्त्रालयले पोलिसी पर्नेछ, सेनालाई आधुनिकीकरण गर्नुपर्ने आवश्यकता छ, परम्परागत रुपमा चल्न दिनुहुँदैन ।’

नेपाली सेनाको बजेट परम्परागत भएको बताउँदै कर्मचारीले बनाएको बजेटमा राजनीतिक नेतृत्वले हस्तक्षेप गर्न नसकेको बताएका छन् ।

उनले संवेदनशील अंग नेपाली सेनालाई व्यापार, ठेक्कापट्टा गर्न दिनु कतिको जायज छ भन्दै प्रश्न गरेका थिए । गुरुङले सेनाको महत्वकांक्षा बढ्दै जादा त्यसले लोकतन्त्रमाथि नै खतरा हुनसक्ने समेत बताए ।

राष्ट्रिय सुरक्षा भनेको नेपाली सेना मात्र हो भन्ने बुझाई सबैको रहेको भन्दै यो सत्य नभएको उनले बताए । नेपाली सेना राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अंग भएपनि अन्य अंग नेपाल प्रहरी, सशस्त्र प्रहरीको पनि भूमिका रहेको बताए ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  २ : ५७ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु