साढे १० हजार मेगावाटका जलविद्युत आयोजना निर्माण अनुमतिपत्रको पर्खाइमा  « Khabarhub

साढे १० हजार मेगावाटका जलविद्युत आयोजना निर्माण अनुमतिपत्रको पर्खाइमा 


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साढे १० हजार मेगावाट क्षमताका ९४ वटा जलविद्युत आयोजनाहरु निर्माण अनुमतिपत्र (लाइसेन्स)को पर्खाइमा रहेका छन् । विद्युत विकास विभागका अनुसार, १ मेगावाट क्षमताभन्दा बढीका १० हजार ६ सय ५१ मेगावाटका ९४ वटा जलविद्युत आयोजनाहरुले निर्माण अनुमतिपत्रका लागि निवेदन दिएका हुन् । 

साना र ठूला क्षमतामा निर्माण हुने जलविद्युत आयोजनाहरुले निर्माण अनुमतिपत्रका लागि विभागमा निवेदन दिएका हुन् । जसमध्ये  १९०२ मेगावाटको मुगु कर्णाली स्टोरेज जलविद्युत आयोजनाले पनि निर्माणको अनुमतिका लागि निवेदन दिएको छ । 

त्यस्तै, ८२८ मेगावाटको उत्तरगंगा जलाशययुक्त आयोजना, ६०० मेगावाटको दूधकोशी स्टोरेज, ६०० मेगावाट क्षमताको अपर मस्र्याङ्दी २, ४८० मेगाटाको फुकोट कर्णाली, ४३९ मेगावाटको बेतन कर्णाली, ४१७ मेगावाटको नलस्याउ गाड, ३३५ मेगावाटको हुम्ला कर्णाली–२ लगायतका आयोजनाहरुले निर्माण अनुमतिका लागि विभागमा निवेदन दिएका हुन् ।

हालसम्म विभागबाट १ मेगावाटभन्दा माथिका ९ हजार ९९० मेगावाट क्षमताका २५५ आयोजनाले निर्माण अनुमतिपत्र पाइसकेका छन् । निर्माण अनुमतिपत्र लिएका कतिपय जलविद्युत आयोजना निर्माण पूरा भइ व्यवसायिक विद्युत् उत्पादन भइसकेका छन् भने कतिपय जलविद्युत आयोजना निर्माणकै चरणमा छन् ।

निर्माण अनुमति पाएकामध्ये हालसम्म २ हजार ७३६ मेगावाट क्षमताका १४९ जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ व्यावसायिक रुपमा विद्युत उत्पादन गरिसकेको विभागले जनाएको छ । 

सर्भे लाइसेन्सका लागि ३ हजार ३०७ मेगावाट क्षमताका ७८ वटा आयोजनाहरूले निवेदन दिएका छन् । जसमध्ये १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनासमेत सर्भे लाइसेन्सको पर्खाइमा रहेको विभागले जनाएको छ ।

त्यस्तै, ६५० मेगावाटको तामाकोशी-३, २०० मेगावाटको भेरी जलविद्युत आयोजना, १५० मेगावाटको घुन्साखोला जलविद्युत आयोजना, ११७ मेगावाटको तल्लो त्रिशुली जलविद्युत् आयोजना, ९५ मेगावाटको अपर लोती कर्णाली नदी जलविद्युत आयोजनालगायतका आयोजनाहरू सर्भे लाइसेन्सको पर्खाइमा छन् ।

विभागकाअनुसार, हालसम्म १ मेगावाट क्षमताभन्दा माथिका ८ हजार ३७६ मेगावाटका ८५ वटा जलविद्युत आयोजनाले सर्भे लाइसेन्स पाइसकेका छन् । 

जसमध्ये १ हजार ७३ मेगावाटको अपर अरुण, ९०० मेगावाटको अपर कर्णाली, ७५० मेगावाट क्षमताको पश्चिम सेती, ६७९ मेगावाटको तल्लो अरुण हाइड्रोपावर, ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत् आयोजना, ४९० मेगावाटको अरुण-४ जलविद्युत आयोजना, ३३४ मेगावाटको स्यार्पु ताल पम्पस्टोरेज आयोजनालगायतका ठूला क्षमताका आयोजनाहरूले सर्भे लाइसेन्स पाइसकेका छन् । १ मेगावाटभन्दा कमका ८ मेगावाटका १३ आयोजनाहरूले सर्भे लाइसेन्स पाइसकेको विभागले जनाएको छ ।

त्यस्तै, विभागको प्राजेक्ट बैंकमा हालसम्म ९ हजार ५८९ मेगावाट क्षमताका ५५ वटा आयोजनाहरू अध्ययनको चरणमा रहेका छन् । १ हजार ४९४ मेगावाटका १६ वटा आयोजनाहरू अध्ययन सम्पन्न भइ निर्माणको चरणमा लैजान सकिने विभागले जनाएको छ । हालसम्म ५ हजार १५९ मेगावाटका १७९ जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज भएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ६ : ०४ बजे

पहिराले अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – केही दिन यतादेखि परेको वर्षाका कारण आएको पहिराका

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ