किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध : मन्त्री चौधरी « Khabarhub

किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध : मन्त्री चौधरी


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नवलपुर– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन पछि किशोरी र बालबालिकाहरूसँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।

त्यस अवसरमा उनले किशोरीहरूमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताइन् । मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको बजेट कटौती गर्दा आशातीत काम गर्न नसकेको समेत बताइन् । 

मन्त्री चौधरीले छोरीहरूलाई शिक्षासँगै जीवन उपयोगी शिक्षा समेत सिकाउनुपर्ने बताइन् । खास गरी आत्मनिर्भर बनाउनका निम्ति सीप सिकाउनुपर्ने उनको भनाई थियो । सोही योजना अन्तर्गत छोरी आत्मनिर्भर कार्यक्रम ल्याइएको मन्त्री चौधरीले बताइन् ।

त्यस क्रममा नवलपुरका किशोरीहरूले मन्त्री चौधरीसँग किशोरीको अधिकार र सरोकारवालाको भूमिकाको बारेमा अन्तरसम्वाद अन्तर संवाद कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा किशोरी अभियन्ता रेजिना घर्ती मगरले तीन तहको सरकारले बालबालिकालाई प्राथमिकता दिनुपर्ने र लगानीको सुनिश्चितताको लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिइन् । 

उनले बालिका सिकाइ तथा स्रोत केन्द्र किशोरीहरूको साझा सपनाको रूपमा पहल गरेको र अहिले आफ्नो सपना पूरा हुने क्रममा हुँदा खुसी लागेको बताइन् । यसको दिगो सञ्चालनको लागि सबैले सहयोग गर्नुपर्ने अभियन्ता घर्ती मगरको भनाई थियो ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ७ : ३३ बजे

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट

खेलाडीलाई बिदाइ गर्दै मन्त्रीले भने- बिना दबाब निडर भएर खेल्नू

काठमाडौं– जापानमा हुने २० औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहद्वारा पदभार ग्रहण

काठमाडौं- नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन्