चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी « Khabarhub

चीन–ताइवान युद्धले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने चेतावनी


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चीनले ताइवानमाथि आक्रमण गरे विश्व अर्थतन्त्रमै नकारात्मक असर पर्ने देखिएको छ ।

ब्लुम्बर्गका अनुसार चीनले ताइवानमाथि आक्रमण गरे त्यसबाट उत्पन्न हुने व्यापार अवरोधबाट विश्वको कल ग्राहस्थ उत्पादनमा १० ट्रिलियन डलर अर्थात् १० प्रतिशतसम्म कमी आउने आँकलन गरिएको छ ।

ताइवान र चीनबीचको समुद्री मार्ग भएर विश्व पारवहनको ५० प्रतिशत पानीजहाजको आवत जावत हुन्छ । चीन र ताइवानबीच युद्ध भएमा यसले विश्व अर्थतन्त्रमा कोरोना महामारीको समयभन्दा भयानक अवस्था सिर्जना गर्ने हिन्द प्रशान्त मामिलाका लागि अमेरिकी सहायक रक्षामन्त्री एली राट्नर बताउँछन् ।

ताइवान र चीनबीच हुने सम्भावित युद्धबाट हुने असरलाई लिएर विभिन्न मुलुकहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । चीन र ताइवानबीच हुने युद्धबाट हाल जारी रुस युक्रेन युद्ध वा इजरायल हमास युद्धभन्दा अझ बढी घातक र विश्व अर्थ व्यवस्थाका लागि हानीकारक हुने जनाइएको छ ।

बेलायतका गृहमन्त्री जेम्स क्लेभेर्लीले ताइवानमा हुने युद्धबाट हुने हानीबाट कुनै पनि मुलुक सुरक्षित नहुने चेतावनी दिएको द हङकङ पोस्टले जनाएको छ । यस्तो युद्धबाट चीन पनि अछुतो नहुने बताइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ८ : ३४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै