विद्यार्थीलाई पाँच दिने संस्कार शिविर « Khabarhub

विद्यार्थीलाई पाँच दिने संस्कार शिविर


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जलेश्वर –महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगर क्षेत्रको ९० विद्यार्थीलाई पाँच दिने संस्कार शिविर प्रदान गरेको छ ।

मनरा शिसवा नगरपालिका-९ बथनाहास्थित भैयादाई गुलाबदाई लोचनदाई जनता माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ९० जना छात्रछात्रालाई पाँच दिने संस्कार शिविर प्रदान गरेको हो ।

गत जेठ २५ देखि सुरु शिविर आज समापन गरिएको छ । विद्यार्थीहरुलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्धन तालिम तथा योगाभ्यास गराइएको नगरपालिकाले जनाएको छ ।

संस्कार शिविरमा सहभागी छात्रछात्राले शिविर समापनपश्चात् अरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने, पढ्ने, उठबस गर्ने, आदर, सम्मान र उचित शब्दको प्रयोग गर्नेलगायतका शिक्षाबाट शिक्षित भएको नगर प्रमुख मोहन पाण्डेले बताए ।

संस्कार शिविरको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले पालिकाले अब प्रत्येक वर्ष विभिन्न विद्यालयमा यस्तो शिविर सञ्चालन गर्ने र पालिकालाई कुलत र दुव्र्यसनबाट मुक्त गर्ने लक्ष्य रहेको जानकारी दिए ।

यसअघि गत वर्ष पालिकाले वडा नम्बर–१ स्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ५० छात्रछात्रालाई संस्कार शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उनीहरुको जीवन तथा समाजमासमेत सकारात्मक प्रभाव परेको नगर प्रमुख पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : ५३ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा