विद्यार्थीलाई पाँच दिने संस्कार शिविर « Khabarhub

विद्यार्थीलाई पाँच दिने संस्कार शिविर


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जलेश्वर –महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगर क्षेत्रको ९० विद्यार्थीलाई पाँच दिने संस्कार शिविर प्रदान गरेको छ ।

मनरा शिसवा नगरपालिका-९ बथनाहास्थित भैयादाई गुलाबदाई लोचनदाई जनता माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ९० जना छात्रछात्रालाई पाँच दिने संस्कार शिविर प्रदान गरेको हो ।

गत जेठ २५ देखि सुरु शिविर आज समापन गरिएको छ । विद्यार्थीहरुलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्धन तालिम तथा योगाभ्यास गराइएको नगरपालिकाले जनाएको छ ।

संस्कार शिविरमा सहभागी छात्रछात्राले शिविर समापनपश्चात् अरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने, पढ्ने, उठबस गर्ने, आदर, सम्मान र उचित शब्दको प्रयोग गर्नेलगायतका शिक्षाबाट शिक्षित भएको नगर प्रमुख मोहन पाण्डेले बताए ।

संस्कार शिविरको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले पालिकाले अब प्रत्येक वर्ष विभिन्न विद्यालयमा यस्तो शिविर सञ्चालन गर्ने र पालिकालाई कुलत र दुव्र्यसनबाट मुक्त गर्ने लक्ष्य रहेको जानकारी दिए ।

यसअघि गत वर्ष पालिकाले वडा नम्बर–१ स्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ५० छात्रछात्रालाई संस्कार शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उनीहरुको जीवन तथा समाजमासमेत सकारात्मक प्रभाव परेको नगर प्रमुख पाण्डेको भनाइ छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : ५३ बजे

स्याङ्जामा धान उत्पादन बढ्यो

वालिङ– गत वर्षको तुलनामा यस वर्ष स्याङ्जामा धान उत्पादन वृद्धि

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा