दुई यात्रु बस पहिरोले बगाएको स्थानमा प्रजिअसहितको टोली पुग्यो « Khabarhub

दुई यात्रु बस पहिरोले बगाएको स्थानमा प्रजिअसहितको टोली पुग्यो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा २ वटा यात्रु बस पहिरोले बगाएको छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा बस त्रिशुली नदीमा खसेका छन् ।

शुक्रबार बिहान साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौं–वीरगञ्ज र काठमाडौं–गौर चल्ने यात्रुबहाक बस बगाएको जानकारी प्राप्त भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

काठमाडौं–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौं–गौरको बसमा ४१ जना यात्रु सवार रहेको जानकारी आएको प्रजिअ यादवले बताए । तर ती बस कता जाँदै थिए भन्ने खुलेको छैन ।

अहिले उद्धारका लागि चितवन प्रहरी प्रमुख भावेष रिमालको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको छ। प्रजिअ यादवसहितको टोली पनि घटनास्थलमा छ ।

 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : २८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली