नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु « Khabarhub

नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.7k
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा २ वटा यात्रु बस बगाएको समयमा पहिरोसँगै झरेको ढुंगाले लागेर बसका चालकको ज्यान गएको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा माथिबाट खसेको ढुंगा लागेर बस चालकको मृत्यु भएको हो ।

बुटवलबाट काठमाडौं जाँदै गरेको लु २ ख ६५६६ नम्बरको बसका चालक नवलपरासीको सुनवल नगरपालिका–४ निवासी ३६ वर्षीय मेगनाथ विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताए । 

शुक्रबार बिहान करिब ३ बजेको समयमा लेदोसहितको पहिरो अचानक बसमाथि खस्दा चालक विकले ज्यान गुमाएका हुन् ।

ढुंगा लागेर गम्भीर घाइते विकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान ४ बजे मृत्यु भएको छ । बस अहिले घटनास्थलमै छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : ३९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली