पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प  | Khabarhub Khabarhub

पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको छ। संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने प्रमुख सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स यात्रु वाहक बस बगाएको छ।

 पहिरोले काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखिएको बसलाई पनि बगाएको छ । दुवै बस त्रिशुली नदीमा खसेकाले खोजी र उद्धार चलिरहेको छ ।

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पनि पहिरो खसेको छ । पहिरोसँगै खसेको ढुंगाले लागेर बुटवलबाट काठमाडौँ जाँदै गरेको बस चालकको मृत्यु भएको छ । पहिरोले क्षतिग्रस्त बस अहिले घटनास्थलमै छ । 

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना–६ कालिखोलानजिक बिहान ४ः१५ बजे लेदोसहितको पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सबै ठाउँमा पहिरो पन्छाउन डोजरसहितको जनशक्ति परिचालन गरिएको छ। राजमार्ग दुईतर्फी ठप्प छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ०० बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून