पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प  « Khabarhub

पृथ्वी राजमार्ग नारायण-मुग्लिन सडकमा पहिरो, यातायात दुईतर्फी ठप्प 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गअन्तर्गतका विभिन्न स्थानमा पहिरो खसेपछि यातायात ठप्प भएको छ। संघीय राजधानी काठमाडौंलाई देशका अन्य भागसँग जोड्ने प्रमुख सडकमा यातायातका साधन चल्न सकेका छैनन् ।

भरतपुर महानगरपालिका-२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स यात्रु वाहक बस बगाएको छ।

 पहिरोले काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखिएको बसलाई पनि बगाएको छ । दुवै बस त्रिशुली नदीमा खसेकाले खोजी र उद्धार चलिरहेको छ ।

भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा पनि पहिरो खसेको छ । पहिरोसँगै खसेको ढुंगाले लागेर बुटवलबाट काठमाडौँ जाँदै गरेको बस चालकको मृत्यु भएको छ । पहिरोले क्षतिग्रस्त बस अहिले घटनास्थलमै छ । 

पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना–६ कालिखोलानजिक बिहान ४ः१५ बजे लेदोसहितको पहिरो झरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले सबै ठाउँमा पहिरो पन्छाउन डोजरसहितको जनशक्ति परिचालन गरिएको छ। राजमार्ग दुईतर्फी ठप्प छन् ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ०० बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक