बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन  « Khabarhub

बेपत्ता यात्रुको खोजी तथा उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नारायणगढ-मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई वटा यात्रु बस बगाएको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुख व्यक्त गरेका छन् । 

साथै उनले बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन समेत दिएका छन् । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दछु।  बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशित गर्दछु। साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपद् व्यवस्थापन र जोखिम न्यूनिकरण सम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धाररातमा आवश्यक सहकार्य र समन्वयका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारलाई हार्दिक अपील गर्दछु।’

चितवनको भरतपुर महानगरपालिका २९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ।

आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । ती बसमा चालकसहित ६५ रहेका बताइएको खुलेको छ ।

प्रहरीका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन् ।

नारायणगढ-मुग्लिन सडकमा पहिरोसँगै खसेको ढुंगाले लागेर बस चालकको मृत्यु

चितवनको सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगायो

पहिरोले बगाएका दुवै बसमा थिए ६५ जना यात्रु

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : २० बजे

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

चितवन– रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।