बाढी र पहिरोमा परेका नागरिकको उद्धारमा सक्रिय हुन सरकारलाई देउवाको आग्रह « Khabarhub

बाढी र पहिरोमा परेका नागरिकको उद्धारमा सक्रिय हुन सरकारलाई देउवाको आग्रह

राहत र उद्धारमा सक्रिय हुन पार्टीका नेता र कार्यकर्तालाई निर्देशन


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिरोले नारायणगढ-मुग्लिन सडकको सिमलतालमा बस पुरिँदा ६५ बढी यात्रुको अवस्था अज्ञात रहेको घटनाप्रति दुःख व्यक्त गर्दै उद्धारमा सक्रिय हुन सरकारलाई आग्रह गरेका छन् ।

सभापति देउवाको तर्फबाट कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धस्तरमा उद्धार, हराएकाहरूको खोजी, नागरिकहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न समेत सभापति देउवाले सरकारलाई आग्रह गर्नुभएको छ। ’

नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदो सहितको पहिरोमा परेका दुई बस, ६ दर्जन भन्दा बढी यात्रुको अवस्था अज्ञात रहेको र अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति देउवाले गहिरो दुःख व्यक्त गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

बाढी पहिरोको जोखिम थप बढ्न सक्ने अवस्था दृष्टिगत गरेर देशभर सबैलाई सजग भएर यसको सामना गर्न आग्रह गर्दै तीन वटै तहका सरकारलाई समन्वय र व्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारीका साथ कार्य गर्न सभापति देउवाले अपील गरेका छन्।

सभापति देउवाले स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकेको जानकारीसमेत विज्ञप्तिमा गराइएको छ।

‘पार्टीका साथीहरूलाई ब्यवस्थित ढंगले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा उहाँले अपील गर्नुभएको छ’, मुख्यसचिव पौडेलले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १० : २० बजे

सुनसरी घटनाको तीन दिनपछि बोले प्रधानमन्त्री बालेन : दोषीलाई कारबाही, पीडितलाई क्षतिपूर्ति दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

आज २०८३ साल साउन १३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १३ गते बुधबार सन् २०२६

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको