यी थिए पहिरोमा परेर त्रिशूलीमा खसेका बसमा सवार यात्रु « Khabarhub

यी थिए पहिरोमा परेर त्रिशूलीमा खसेका बसमा सवार यात्रु


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


5.2k
Shares
  • change font
  • change font
  • change font

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान ३ बजे पहिरोले बगाएका दुई बसमा काउन्टरबाट टिकट काटेका यात्रुको सूची आएको छ ।

काठमाडौं–वीरगञ्ज चल्ने बसमा २४ जना र काठमाडौं–गौरको बसमा ४१ जना यात्रु सवार रहेको जानकारी आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दिएका थिए ।

ती दुवै बसमध्ये एन्जल डिलक्समा सुरुमा २१ जना यात्रुले काउन्टरबाट टिकट काटेको सूची भेटिएको छ ।

वीरगञ्जबाट काठमाडौं आइरहेको बसमा चालक जवाही महतो र सहचालक रामकुमार लामिछाने केसी रहेको चलानबाट देखिएको छ ।

वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेशको १५१६ नम्बरको एन्जल डिलक्स यात्रु बसका लागि काउन्टरबाट २१ जनाले टिकट काटेको भेटिएको हो ।

उता काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्स लेखेको बसमा पनि २८ जनाले टिकट काटेको भेटिएको छ।

दुवै बसका अन्य यात्रु कहाँबाट थपिए भन्ने खुलेको छैन ।

दुवै बसमा सवार ६५ जनाको अवस्था अज्ञात छ । बसलाइ पहिराेले बगाउँदै गर्दा तीन यात्रु हामफालेर बाँच्न सफल भएकाे प्रहरीले जनाएकाे छ ।

चालक जवाहिर महतोले हाँकेको बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो । बसमा चालक र सहचालकसहित २४ जना सवार थिए ।

त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाकाे टोली खटिएकाे छ ।

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोली खटिएको छ । नेपाली सेनाले पनि गोताखोर परिचालन गरेको छ । उता नेपाल प्रहरी पनि उद्धारमा जुटेको छ ।

दुवै बस शुक्रबार बिहान ३ बजे भरतपुर नगरपालिका–२९ सिमलतालमा खसेको पहिरोमा परेर त्रिशुलीमा खसेर बेपत्ता भएका हुन्।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ११ : ४८ बजे

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्