देश आर्थिक संकटको डिलबाट बाहिर आएको छ : प्रधानमन्त्री « Khabarhub

देश आर्थिक संकटको डिलबाट बाहिर आएको छ : प्रधानमन्त्री


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय देशको आर्थिक अवस्था सुधार हुँदै गएको बताएका छन् । 

प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, सुशासन प्रवर्द्धन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सरलीकरण हुँदै गएको बताए । 

प्रधानमन्त्री प्रचण्डले नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय हितको रक्षालगायतका सबै जिम्मेवारीमा सरकार आम जनताले देखिने र बुझिने गरी राम्रो अंकका साथ उत्तीर्ण भएका स्पष्ट पारे । 

सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रमा बनेका कैयौँ मानकहरू त्यही अग्रसरताका परिणाम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध व्यवस्थित गर्न राष्ट्रिय समन्वय परिषद, प्रशासनिक समन्वय परिषद तथा विषयगत समितिहरूलाई सक्रिय बनाइएको बताए । 

उनले देश आर्थिक संकटबाट धेरै बाहिर आएको स्पष्ट पारे । 

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  १२ : ४४ बजे

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

वालिङ– दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी

चुनावी मैदानमा चार पूर्वप्रधानमन्त्री : जोगाउन सक्लान् त विरासत ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ४ जना पूर्व

सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले निष्पक्ष,

इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै बालेन

दमक– झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का