राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ : रमेश लेखक « Khabarhub

राजनीतिक स्थिरताका लागि कांग्रेस-एमाले मिलेका हौँ : रमेश लेखक


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


702
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेसले आगामी दिनमा तीन–तीन महिनामा प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्था नआउन दिन नेकपा एमालेसँग सहमति गरेको बताएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आगामी दिनमा प्रधानमन्त्रीले हरेक तीन महिनामा विश्वासको मत लिने स्थिति नबनोस् भनेर एमालेसँग सहमति गरिएको बताएका हुन् ।

‘आउँदा दिनमा एक जना प्रधानमन्त्रीले प्रत्येक तीन महिनामा विश्वासको मत लिन जानुपर्ने स्थिति नबनोस् भन्ने हाम्रो सहमतिको उद्देश्य हो । तीन महिनामा एक दिन मात्रै विश्वासको मत लिन कुनै अप्ठ्यारो थिएन तर एउटा विश्वासको मतको प्रक्रियाका लागि एक देखि दुई महिना लाग्छ,’ उनले भने, ‘त्यसको अर्थ हमेशा हामी अस्थिर सरकार सरकार बेहोरिराखेको अवस्था छ । यसको जिम्मेवार को हो, म त्यतातिर जान्न । तर, यो स्थितिको पुनरावृत्ति नहोस् भन्ने हाम्रो उद्देश्य हो । त्यस कारण सहमति भएको हो ।’

लेखकले भ्रष्टाचार नियन्त्रण गरेर मुलुकमा सुशासन कायम गर्ने भनेर स्टन्टको मात्रै राजनीतिक गरिएको पनि टिप्पणी गरे । ‘भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने विषय छ । यो रोस्टममा धेरै भ्रष्टाचारको ठूला कुरा सुनिन्छ । तर व्यवहारमा भाषण बाहेक केही छैन,’ उनले भने, ‘स्टन्टको मात्रै राजनीति भयो । अर्कालाई धम्काउने, तर्साउने काम भयो । जानै लाग्दा फाइल खोल्छु फाइल खोल्छु भन्ने कुरा भए तर प्रक्रिया अगाडि बढेन ।’

उनले दुई दलबीच भएको सहमतिका ठोस आधारहरू रहेको र त्यसकै लागि कांग्रेस–एमालेबीच सहमति भएको जिकिर गरे । ‘दुईवटा राजनीतिक दलका बीचमा जुन सहमति भएको छ, यो सहमतिका केही ठोस आधारहरू छन्,’ लेखकले भने, ‘यो सहमतिले मुलुकलाई ठिक ढंगले ढंगले अगाडि लिएर जान सकिन्छ । र ठिक ठाउँमा पुर्‍याउन सकिन्छ भन्ने कुराका पर्याप्त आधारहरू छन् । सैद्धान्तिक आधार, व्यवहारिक आधार छन् । त्यसका आधारमा हामीले यो सहमति गरेका छौँ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ११ बजे

भेटी परिचालन गरेर गलेश्वरलाई उज्यालो बनाइयो

म्याग्दी– भक्तजनले चढाएको भेटीमार्फत भएको आम्दानी परिचालन गरेर म्याग्दीको बेनी

रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

धरान– तीव्र गतिको मोटर साइकल सडक किनारमा रोकिएको ट्रकमा ठोक्किँदा

कोरला नाकामा व्यापारिक चहलपहल बढेपछि बेँसीमा झरेनन् माथिल्लो मुस्ताङी

मुस्ताङ– अघिल्लो वर्षसम्म यतिबेला माथिल्लो मुस्ताङ लगभग मानवविहीन अवस्थामा हुन्थ्यो

कार्यवाहक देखावटी मात्र हो, सभापतिकै स्वार्थमा पार्टी चल्दैछ : अमरसिंह पुन

काठमाडौं- भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि कांग्रेस ‘फर्म’

सिद्धगुफाको प्रवर्द्धन गर्दै बन्दीपुर गाउँपालिका

दमौली– नेपालकै ठूलो मानिएको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित सिद्धगुफाको प्रवर्द्धनमा गाउँपालिका