बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउँमा आयौँ : योगेश भट्टराई « Khabarhub

बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउँमा आयौँ : योगेश भट्टराई


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले बाध्यात्मक अवस्थामा कांग्रेस-एमाले एक ठाउँमा आउनु परेको बताएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेता भट्टराईले बाध्यात्मक अवस्थामा अहिले दुई ठुला दल मिलेको बताएका छन् ।

भट्टराईले प्रधानमन्त्री प्रचण्डले संसदमा आक्रोश पोखेको र गलत सूचना दिएको आरोप लगाएका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा दिनुपर्ने, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुदृढ गर्नुपर्ने, विदेश गइरहेका युवाहरूलाई देशमै अवसर सिर्जना गर्नुपर्ने अवस्थामा संसद् विश्वासको मत लिने विषयमा मात्र केन्द्रित भएर बस्न नसक्ने बताए ।

सांसद भट्टराईले कांग्रेस र एमाले एक ठाउँमा आउनुपर्ने बाध्यात्मक अवस्था आएको टिप्पणी गरे । उनले सामान्यता संसदका दुई ठुला दल मिलेर सरकार बनाउनुलाई राम्रो मानिँदैन । तर अहिले बाध्यात्मक अवस्थामा दुई दल एक ठाँउमा आउनु परेको स्पष्ट गरे ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ३३ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र