गृहमन्त्रीको जवाफ : २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको मृत्यु, तीनजना घाइते « Khabarhub

गृहमन्त्रीको जवाफ : २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको मृत्यु, तीनजना घाइते


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पछिल्लो २४ घण्टामा बाढी-पहिरोबाट १७ जनाको ज्यान गएको बताएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारेको छलफलमा भाग लिने क्रममा उनले यसबारे जानकारी दिएका हुन् ।

लामिछानेका अनुसार यस पटकको मनसुनको अवस्था अलिक भायवह हुने पूर्वानुमान रहेको बताउँदै बिहीबार र शुक्रबार बाढी-पहिरोबाट १७ जनाको ज्यान गएको बताए ।

उनकाअनुसार बाढी र पहिरोबाट ३ जना घाइते भएका छन् । लामिछानेले बाढी-पहिरोबाट अहिले ३८ जिल्ला प्रभावित भएको बताए ।

पछिल्लो पटक बाढीबाट मकवानपुर र सिरहामा १/१ जनाले ज्यान गुमाएको बताए । उनका अनुसार पहिरोबाट कास्कीमा ११ जना, म्याग्दीमा २ जना र चितवनमा १ जनाको ज्यान गएको छ ।

वर्षका क्रममा बागलुङमा थप १ जनाको मृत्यु भएको उनले बताए । लामिछानेले गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बैठक बसेर उद्धार र राहत अभियान तीव्र पार्ने निर्णय भएको बताए ।

‘कमान्ड पोस्टका र सचिवसमेत बसेर हामीले खोजी र उद्धारलाई प्रभावकारिता दिने निर्णय गरेका छौँ’, उनले भने, ‘अब मौसम महाशाखाले रेड एडभाइजरी जारी भएका दिनमा रात्रिकालीन यातायात नचलाउने निर्णय भएको छ । पहिरो जाने र डुबान हुने क्षेत्रमा जोखिमका चिह्न राख्ने निर्णय भएको छ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  २ : ५८ बजे

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितका ९३ जना विरुद्धको मुद्दामा साक्षी बुझ्ने आदेश

काठमाडौं- विशेष अदालतले नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालसहित ९३

इरानले गर्‍यो इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई– इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले अब

‘आहा–रारा कप’ को तयारी पूरा

कास्की– ‘आहा–रारा कप’ को तयारी पूरा भएको छ । आइतबार

भारतको बजेट : भुटानलाई सबैभन्दा धेरै अनुदान, बंगलादेश र माल्दिभ्सको सहायता घट्दा नेपालको बढ्यो

नयाँ दिल्ली- भारतकी वित्तमन्त्री निर्मला सीतारमणले आज फेब्रुअरी १ मा

निर्वाचनका लागि दुई हजार नौ सय बढी कर्मचारी खटिने

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा दुई हजार ९६४ कर्मचारी