युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ « Khabarhub

युक्रेनलाई आवश्यक रहेसम्म फ्रान्सको सहयोग रहने राष्ट्रपति म्याक्रोँको भनाइ


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताएका छन्  ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सम्मेलनमा छलफल भएका विषयवस्तुमा प्रभावकारी रूपमा प्रस्तुति दिएको र फ्रान्सले युक्रेनलाई दिँदै आएको समर्थनमा आगामी दिनमा पनि कत्ति पनि  कमी नआउने फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बिहीबार बताएका छन् ।

म्याक्रोँले भने, ‘वासिङ्टनमा जारी नाटोको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन ‘जिम्मेवारपूर्ण र सावधानीपूर्वक’ प्रस्तुत हुनुभएको थियो ।’ नाटोलाई दिने सहयोगको सम्बन्धमा फ्रान्स आफ्नो अडानबाट पछि नहटेको र समर्थन जारी रहन उनले बताए ।

म्याक्रोँले पत्रकारसँग भने, ‘हिजो रात्रिभोजमा राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने मौका मिल्यो । मैले मुद्दाहरूका विषयमा सधैँ जसो स्पष्ट र प्रभावकारी रूपमा प्रस्तुत भएको अमेरिकी राष्ट्रपतिको रूपमा मैले उहाँलाई पाएँ ।’

फ्रान्सेली राष्ट्रपतिलाई बाइडेनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रूसी समकक्षी भ्लादिमिर पुटिनको रूपमा परिचय गराउनुभएको बारे पनि प्रश्न गरिएको थियो । म्याक्रोँले भने, ‘हामी सबै कहिलेकाहीँ चिप्लिन्छौँ । यस्तो अनुभव मसँग पनि छ भोलिका दिनमा फेरि हुन सक्छ ।’

दुई हप्ता अघि डोनाल्ड ट्रम्पविरुद्धको कमजोर बहस प्रदर्शनपछि राष्ट्रपति बाइडेनबाट भएको यो गल्तीले उनको उमेर र मानसिक तीक्ष्णताको बारेमा डेमोक्र्याटिक पक्षधर नेताहरूबीच थप चिन्ता बढाएको छ ।  सो अवसरमा फ्रान्सले ‘आवश्यक हुँदासम्म’ युक्रेनलाई समर्थन जारी राख्ने राष्ट्रपति म्याक्रोँले बताएका थिए  ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ०७ बजे

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको

अमेरिकाले युक्रेनका लागि मिसाइल रोकेको जेलेन्स्कीको आरोप

किएभ– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकाले युक्रेनका लागि स्वीकृत इन्टरसेप्टर