संसद्‍‍बाट गृहमन्त्री लामिछानेको चुनौती- मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस् « Khabarhub

संसद्‍‍बाट गृहमन्त्री लामिछानेको चुनौती- मलाई ठग प्रमाणित गरेर जेल हाल्नुस्


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई ठग प्रमाणित गरेर जेल हाल्न चुनौती दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रस्तावबारेको छलफलमा भाग लिने क्रममा उनले आफूलाई जेलमा हालेर देखाउन नेपाली कांग्रेस र नेकपा एमालेलाई चुनौती दिएका हुन् ।

सम्बोधनका क्रममा उनले आफूले पछिल्लो चार महिनाको कार्यकालमा सुशासनका लागि कयौँ काम गरेको सुनाए । सुशासन कायम गराउन र भ्रष्टाचार रोक्न पनि आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साथ दिएको भन्दै प्रशंसा गरे ।

लामिछानेले आफूमाथि सहकारीसहितका अनेक काण्डमा जोडेर ठग प्रमाणित गर्न लागिएको बताए । ‘मलाई ठग प्रमाणित गर्नुस्, म जेल जान तयार छु । तर अहिलेको उपलब्धि तलमाथि हुन दिन्नँ’, उनले भने, ‘यदि हामी जेल जानुपर्‍यो भने नयाँ पुस्ता आएर हामीले थालेको राजनीतिक अभियानलाई अघि बढाउने छ ।’

सरकारले थालेको सुशासन अभियानकै कारण आत्तिएर कांग्रेस र एमाले मिलेको उनले निष्कर्ष सुनाए ।  का‌ंग्रेस र एमाले विशाल दल हुन् भन्ने भ्रम मात्रै रहेको बताउँदै लामिछानेले आफूहरूले यी दुई दललाई भोट नहालेका ७० प्रतिशतको प्रमुख अंशियार भएको बताए ।

‘रास्वपा सकिने र सिद्धिने सकिने होइन, घण्टी अब देशभर बज्छ’, उनले भने, ‘अब हामी कांग्रेस र एमालेलाई मत नहालेका ७० प्रतिशतसम्म पुग्छौँ । हामी अब झन् फैलिएर अघि बढ्छौँ ।’

लामिछानेले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, जनकपुरको ९०० विघा जग्गा हिनामिना, सुन तस्करी प्रकरणसहितमा आफू कठोर भएर कारबाहीमा अघि बढेको बताए ।

लामिछानेले नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकलाई सम्भावित गृहमन्त्री भन्दै आफूले थालेका सुशासन अभियानलाई अघि बढाएर देखाउन चुनौती पनि दिए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : १५ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।