कांग्रेस-एमालेलाई रविको कटाक्ष- व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय लेपन नलगाउनू « Khabarhub

कांग्रेस-एमालेलाई रविको कटाक्ष- व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय लेपन नलगाउनू


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेले व्यापारीको घरमा गरेको सहमतिलाई राष्ट्रिय सहमतिको लेप लगाउँदा राष्ट्रिय शब्दकै मानमर्दन भएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जारी छलफलमा भाग लिँदै उनले असार १७ गते कांग्रेस–एमालेबीच क्याप्टेन रामेश्वर थापाको निवासमा भएको सहमतिलाई राष्ट्रिय सहमति भन्दा राष्ट्रिय शब्दको मानमर्दन भएको बताएका हुन् ।

‘कुनै एउटा व्यापारीको घरमा आजसम्म देशलाई जनतालाई, आफ्ना दलका नेता कसैलाई थाहा नदिई गरिएको सहमतिलाई राष्ट्रिय भनेर लेपन लगाउँदा यो मानमर्दन भएको छ,’ लामिछानेले भने, ‘राष्ट्रियता शब्दको, राष्ट्रिय शब्दको मानमर्दन भएको छ । सभामुख महोदय यो सहमति हुन सक्ला तर राष्ट्रिय सहमति होइन ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अधयक्ष केपी शर्मा ओलीबीच मध्यराति भएको उक्त सहमतिप्रति संशयसमेत व्यक्त गरे ।

‘न राष्ट्रलाई थाहा छ । न दलका सांसदलाई थाहा छ । न कसैलाई थाहा छ,’ सहमति पत्र गोप्य राखिएको प्रति इंगित गर्दै लामिछानेले भने, ‘कस्तो सहमति हो सभामुख महोदय ? जसलाई मध्यरातमा कुनै एउटा व्यापारीको घरमा बसेर गर्नुपर्ने सहमति होला ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ४१ बजे

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र