मौसमको ‘रेड एडभाइजरी’ जारी भएका स्थानमा रात्रिबस चलाउन नदिइने « Khabarhub

मौसमको ‘रेड एडभाइजरी’ जारी भएका स्थानमा रात्रिबस चलाउन नदिइने


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मनसुनका कारण उच्च जोखिमका सूचना जारी भएका सडकखण्डमा रात्रिकालीन सवारीसाधन चलाउन रोक लगाइने भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा गृहसचिवको नेतृत्वमा बसेको सुरक्षा निकाय र सरोकारवाला निकायको छलफलले जल तथा मौसम पूर्वानुमान महाशाखाले ‘रेड एडभाइजरी’ जारी गरेका जिल्ला र क्षेत्रमा रात्रीकालिन सवारी चलाउन रोक लगाउने निर्णय गरेको हो ।

त्यस्तो व्यवस्था यातायात व्यवस्था विभाग र यातायात व्यवसायीहरूले मिलाउने निर्णय भएको उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानले सदनमा जानकारी गराए ।

उनले टिकट काटेर मात्रै यात्रा गर्न आग्रह गर्दै टिकट काटे वा नकाटेको अनुगमन गर्न ट्राफिक प्रहरीलाई सक्रिय बनाउने निर्णय भएको पनि बताए ।

सडक अवरुद्ध भएका स्थानहरूको जानकारी लिई त्यहाँ पुग्नुअगावै सुरक्षित एवम् खाद्यान्न, शौचालय लगायतको व्यवस्था भएका क्षेत्रमा सवारी रोक्नुपर्ने व्यवस्था गर्ने निर्णय भएको लामिछानले बताए ।

ठूला सवारी साधन चल्न अनुमति नदिइएका अन्य मार्गहरूमा पटकपटक पटके परमिट काटी ठूला बस ट्रक लगायतका सवारी साधन चल्न दिने व्यवस्था तत्काल बन्द गर्ने पनि निर्णय पनि भएको उनले बताए ।

उनले चितवनमा पहिरोमा परेको बसेको खोजी कार्य तीव्रतासाथ अघि बढाइएको जानकारी दिए । बाढी र पहिरोका कारण ३८ जिल्ला प्रभावित भएको उनले बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ३ : ३५ बजे

कार्बन उत्सर्जनमा चीन, अमेरिका र भारत अगाडि, भोटेकोशी विपद्को पुनरुत्थानमा सघाउलान् ?

काठमाडौं– भदौ १० गतेको बिहान भोटेकोशी नदीमा विनाशकारी बाढी आयो

भोटेकोशी बाढीबाट जनधनको क्षतिप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडौं- गत भदौ १० गते बुधबार रसुवास्थित भोटेकोशी नदीमा आएको

विश्वसँग दान र सहयोग होइन, क्षतिपूर्ति मागौं : वातावरण कानुनका ज्ञाता श्रेष्ठ

काठमाडौं- नेपालले लामो समयदेखि भोगिरहेको जलवायु परिवर्तनको असरसम्बन्धी कानुनी लडाईमा

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सम्झनामा पर्यटन बोर्डमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान

रूसको उत्तरी क्षेत्रमा हिमपहिरो : ११ जनाको मृत्यु, छ बेपत्ता

मस्को-  रुसको उत्तरी काकेसस क्षेत्रमा रहेको काबार्दिनो–बाल्कारिया गणतन्त्रमा हिमपहिरोमा परी ११