पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक « Khabarhub

पहिरोले त्रिशूलीमा झारेको बसमा थिए सात भारतीय नागरिक


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.8k
Shares
  • change font
  • change font
  • change font

मुग्लिन (चितवन) – नारायणगढ– मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सात भारतीय नागरिक रहेका खुलेको छ ।

वीरगन्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित तीन कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजनासहित  २४ जना सवार रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ ।

त्यही मार्गभएर काठमाडौंबाट रौतहटको गौर गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेका दुवै बस भेटिएका छैनन् । ती बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् ।

पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालित छ । रासस

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : १५ बजे

स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट १६ प्रतिशत नगद लाभांस घोषणा

काठमाडौँ– स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीलाई लाभांश

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना