‘देशलाई शल्यक्रिया आवश्यक थियो, प्रचण्डले प्राथमिक उपचार मात्रै गरे’ « Khabarhub

‘देशलाई शल्यक्रिया आवश्यक थियो, प्रचण्डले प्राथमिक उपचार मात्रै गरे’


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीका नेता एवम् पूर्वमन्त्री अब्दुल खानले देशलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्राथमिक उपचार मात्रै गरेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले देशको आवश्यकता हेरेर आफूहरूले अहिले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन नसक्ने बताए ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले चार महिनाअघि नै दुई ठूला दल मिलेर देशलाई निकास दिनुस् भनी आग्रह गरेको स्मरण गराउँदै अहिले त्यो समय आएको बताए ।

‘प्रचण्ड सरकारले केही नगरेको होइन । प्राथमिक उपचार अवश्य गरको हो । तर, चाहिएको शल्यक्रिया थियो’, उनले भने, ‘देशको आवश्यकता शल्यक्रिया गर्न सक्ने डा. हुनुपर्छ । हाम्रो पार्टी अध्यक्षले चार महिनापहिला यही रोस्टमबाट भन्नुभएको थियो–ठूला दल मिल्नुस् । आज त्यही समय आएको छ ।’

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : २२ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई