प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो « Khabarhub

प्रचण्डलाई राजकिशोरको सुझाव : तपाईंले आत्मसमीक्षा गर्ने बेला आयो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाको आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले शुक्रबार प्रतिनिधिसभा बैठकमा राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलमा बोल्दै उनले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्थाबारे प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।

‘किन आज प्रधानमन्त्रीले पटकपटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो ?, विश्वास दिलाउन सकेको भए आज प्रधानमन्त्रीलाई यस्तो अवस्था आउने थिएन होला’, सांसद यादवले भने, ‘किन आफूलाई समर्थन गर्नेले पनि साथ छाड्दै गएका हुन् ? यसबारे समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।’

सांसद यादवले सुशासनको पक्षमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नपर्नेमा जोड दिए ।

आदिवासी, जनजाति, मधेसी तथा पछाडि परेका समुदायको पक्षमा संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले संविधान संशोधनका लागि समर्थन गर्ने बताए ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ४ : ३५ बजे

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न

संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत

काठमाडौं– दोस्रो विश्व ध्यान दिवसका अवसरमा नेपालले पहिलो पटक संयुक्त

त्रिचन्द्र स्ववियु सभापतिको स्वीकारोक्ति– ‘दलको विचार बोक्दा विद्यार्थी राजनीतिले विश्वास गुमायो’

विश्वविद्यालय, आङ्गिक र सरकारी क्याम्पसमा विभिन्न राजनैतिक विचार बोक्ने विद्यार्थी

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,